Tuesday, April 21सत्यम खबर
Shadow

पाकिस्तानमा मन्दिर तोडफोड सनातन धर्म महासंघको गम्भीर ध्यानाकर्षण

नेपालगनज, २२ श्रावण – पाकिस्तानको पन्जाब शहरमा रहेको मन्दिरमा तोडफोडको घट्नाप्रति सनातन धर्म महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ नेपालले एक बिज्ञप्ति जारी गर्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित भोङ बजारमा रहेको गणेश मन्दिरमा बिहीबार साँझ भएको तोडफोडको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कुनै पनि धर्मावलम्बीले शान्तिपूर्ण तरिकाले आफ्नो धर्म, संस्कृति अवलम्बन गर्न पाउने अन्तर्राष्ट्रिय मान्यताको सम्मान गर्न पाकिस्तान सरकारलाई महासंघ सचेत गराउँदछ, बिज्ञप्तिमा उल्लेख छ ।

मन्दिरमा भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न महासंघले माग गरेको छ । साथै पाकिस्तानमा भइरहेको जबरजस्ती धार्मिक आस्था परिवर्तनबिरुद्ध कानून बनाई तत्काल लागु गर्न पनि माग गरिएको महासंघ नेपालका प्रवक्ता राजन अधिकारीद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिामा अगाडी लेखिएको छ पाकिस्तानमा पटक पटक अल्पसंख्यक समुदायमाथि आक्रमण भइरहेको हुँदा आउँदा दिनहरुमा यस किसिमको घटना दोहोरिन नदिन, अल्पसंख्यक समुदायहरुलाई संरक्षण गर्न र आफ्नो धार्मिक आस्था प्रकट गर्न सकिने वातावरण बनाउन पाकिस्तान सरकारसंग सनातन धर्म महासंघ नेपाल जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *