
दुख हरण यादव
गढवा, २४ जेष्ठ- लकडाउनको मौका छोपी राप्ति नदिको विभिन्न घाटमा ठेकेदारले अबैध रुपमा हेवी एक्युप्मेण्ट प्रयोग गरि नदि जन्य पदार्थ उत्खनन तथा दोहन गरिरहेको कार्यलाई नियन्त्रण तथा कारवाही गर्ने माग गर्दै जनता समाजबादी पार्टी नेपाल गढव गाउँपालिका राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिकाले आज सोमबार छुट्टाछुट्टै रुपमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई ज्ञापन पत्र बुझाएको छ |
देउखुरीका चार स्थानिय तहले प्रहरी प्रशासनको दुरुपयोग गरि नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा दोहनमा ठुलो मेसिन डोजर, स्काभेटर / लोडर प्रयोग गरि अबैध एवं राष्ट्रपति चुरे तराइ मधेश संरक्षण बिकाश समितिको निर्देशिका नियामावलीको उल्लंघन गरि जबर्जस्ति रुपमा मापदण्ड बिपरितको क्रियाकलाप गरिरहेको प्रति जनता समाजबादी पार्टीको ध्यानाकार्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ | लगातार रुपमा प्राकृतिक श्रोत साधानको दोहन हुन लागे केहि समयमय देउखुरीको राप्ति नदि भासिन गइ, धार परिबर्तन गरि कुला नहर हरि राष्ट्रिय गौरवका योजना, तटीया क्षेत्रको बास जलचर प्राणी, बन्यजन्तुका साथै सिंगो मानव समुदाय सहित देउखुरी उपत्यका मरुभूमिमा परिणत हुनसक्ने प्रबल सम्भावना उत्पन्न भएकोले त्यस प्रकारको कार्यहरु रोक्न हाम्रो पार्टीको माग रहेको जसपा गढवा गाउपालिका अध्यक्ष महबुब अलिद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ |
यसै गरि गढवा गाउँपालिका भित्र भैरहेको प्राकृतिक स्रोतको मापदण्ड बिपरित दोहन तथा उत्खननका साथै ढुवानी यथाशिघ्र बन्द गरि बाताबरणिय प्रभाव मुल्यांकन अध्ययन प्रतिबेदन अनुसार कार्यहरु मात्र गर्न गराउने ब्यबस्था मिलाई यस गाउँपालिका भित्रका बिकाश निर्माणका कार्यहरु र गाउँपालिकाबासीको निजि खपत भै बचेको नदिजन्य पदार्थहरु छिमेकी स्थानिय सरकार, जिल्लामा निर्यात गर्ने र विदेश निर्यातमा पुर्ण रोक लागाउने रास्ट्रिय जनमोर्चा गढवा गाउँपालिका इन्चार्ज दिनामणि आचार्यद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ |
दुइ राजनीतिक दलको छुट्टाछुट्टै ज्ञापन पत्र बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले ठेकेदारहरुले केहि हदसम्म बदमासी गरेको स्वीकार्दै बाताबरणीय प्रभाव मुल्यांकन बिपरित उत्खनन, ओसार पसार तथा डम्पिङ्ग गरेको पाइए नियम अनुसार कारबाही गरिने बताउनु भयो |
पछिलो समय अबैध तरिकाले बाताबरणीय प्रभाव मुल्यांकन मापदण्ड बिपरित राप्तीमा दोहन भैरहेको भन्दै चौतर्फी बिरोध भैरहेको बेला दुइ राजनीतिक दलले ज्ञापन पत्र बुझाएका हुन् |
ज्ञापन पत्र बुझाउने कार्यक्रममा जनता समाजबादी पार्टीको तर्फबाट जिल्ला समितिका जगतराम यादव, सिताराम यादव, राजकरण यादवको सहभागिता थियो भने रास्ट्रिय जनमोर्चाको तर्फबाट गुणनिधि शर्मा, चित्रबहादुर महतारा लगाएतको उपस्थिति रहेको थियो |
