Thursday, July 23सत्यम खबर
Shadow

झारफुकको अन्धविश्वासले लियो राधेश्याम बढ्हीको ज्यान, वर्कत अली भन्ने सुर्खेती बाबा हिरासतमा

नेपालगन्ज, ७ श्रावण – बाँके जिल्लाको सबैभन्दा पिछडिएको पालिका मध्ये नरैनापुर गाउँपालिकामा हाल पनि अन्धविश्वास कायम रहेको एउटा घटना बाहिर आएको छ ।

केही दिनदेखि बिरामी भई झारफुकको लागि नरैनापुर गाउँपालिका वडा नं. ६ बस्ने वर्कत अली भन्ने सुर्खेत बाबा कहाँ राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बस्ने कुन्नु बढहीको छोरा ३५ वर्षीय राधेश्याम बढ्हीको मृत्यु भएको छ ।

उक्त घटना बारे भगवानपुर ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृतक राधेश्याम बढ्हीलाई पोष्टमोर्टमको लागि नेपालगन्जमा रहेको भेरी अस्पताल पठाईएको छ भने झारफुक गर्ने वर्कत अली भन्ने सुर्खेती बाबालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको बताएका छन् ।

उता पीडितका परिवारले सुर्खेत बाबाले झारफुकको क्रममा राधेश्याम बढ्हीको मृत्यु भएको आरोप लगाएका छन् । आजको वैज्ञानिक युगमा समेत अन्धविश्वास माथि विश्वास गरी कसैको ज्यान गएको घटनालाई प्रहरीले गम्भिरताको साथ अनुसन्धान गर्ने प्रहरी स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *