Monday, May 4सत्यम खबर
Shadow

क्रिकेट खेलाडीहरुलाई गौर स्मृतिद्वारा सम्मान (फोटोफिचरसहित)

नेपालगन्ज, २० बैशाख – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ को वडा कार्यालयद्वारा खेलाईएको वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ४ को टीम प्रथम भएको छ ।


शनिबार सम्पन्न फाईनल क्रिकेट प्रतियोगितामा वडा नं. ४ को क्रिकेट टीम प्रथम भएपछि गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशनद्वारा प्रथम हुने टीमका विजयी खेलाडीहरुलाई सम्मान गरिएको छ ।

आज आईतबार गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशनको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विजयी खेलाडीहरुलाई दोसल्लाह ओढाई सम्मान गरिएको छ ।

प्रमुख अतिथि एवम् जग्गादाता बर्माले खेलाडीहरुको उ्रत्कृष्ट क्रिकेट खेलको प्रशंसा गर्दै आउने दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीप शाहले हाम्रो वडा नं. ४ का खेलाडीहरुले आज जिल्ला मै वडाको नाम बनाउन सफल भएकोमा हार्दिक बधाई तथा आउने दिनमा देश मै उक्त टिमले सफलता पाउने आशा रहेको बताउनुभयो ।

उक्त सम्मान कार्यक्रममा गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशन भवन निर्माणका लागि जग्गादाता, समाजसेर्वी एवम् प्रमुख अतिथि माधवराम बर्मा, बाँके क्रिकेट संघका सचिव विक्रम श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए भने अतिथिहरुमा बाँके जिल्ला क्रिकेट संघका कोषाध्यक्ष राजेन्द्र मानन्धर, सत्यमखबर डटकमका सञ्चालक चन्द्रेश्वरराज त्रिपाठीलगायतको सहभागिता रहेको थियो ।


गौरव स्मृति तथा विओर सेल्फ फाउण्डेशनद्वारा सामाजिक दायित्व निर्वाह गर्दै थुपै्र सेवादायक कार्य गर्दै आईरहेको स्थापित संस्था रहेको छ । निःशुल्क स्वास्थ्य, गरिबलाई आर्थिक सहयोग, छात्रछात्राहरुलाई शैक्षिक अनुदान, आँखा शिविर लगायत कार्यक्रमहरुको स्मरणयोग्य रहेको पाईन्छ ।
कार्यक्रमको अध्यक्ष संस्थाका अध्यक्ष मधु शाहले गरेका थिए भने सञ्चालन कुशल गुप्ताले गरेका थिए । कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *