Saturday, November 23सत्यम खबर
Shadow

आजदेखि श्री १००८ हडिया बाबा मेला शुभारम्भ

नेपालगन्ज, १३ मंसिर – प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला आज बुधबारबाट शुरु भएको छ ।
प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेलाको पहिलो दिन विधिवत कन्यापुजन, रुद्री पूजन लगायत धार्मिक अनुष्ठान गरिएको श्री १००८ हडिया बाबा आश्रम मेला समितिद्वारा पत्रकार सम्मेलन गरी जानकारी गराईएको थियो ।
हडिया बाबाको महिमा बारे संक्षिप्त जानकारी गराउँदै श्री १००८ हडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले मेरै बुवालाई हडिया बाबाले राप्ती नदीमा ध्यु खतम भएपछि गंगा माताबाट सापट ल्याउन भनेको तथा बुवाले गंगा माताबाट ध्यु सापट लिई राप्ती घाटमा बृहत घण्डार सम्पन्न गरी अर्को दिन बजारबाट एक टिन ध्यु लगेर गंगा मातालाई फिर्ता गरेको बताउनु भयो ।


अध्यक्ष वैश्यका अनुसार हडिया बाबाको महिमाले गर्दा नै देश भित्र रहेका साधु सन्त त आउने गरेका नै छन् छिमेकी मित्र राष्ट्र भारतको विभिन्न शहरबाट साधु सन्तहरुको घुँईचो नै लाग्ने गरेको बताउँदै उहाँहरुलाई कसैले कुनै निमन्त्रणा समेत गर्दैन, उहाँहरु बाबाको आस्थामा आफै आउने गरेको बताउछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थिति रहेको धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा मेला आयोजना हुने सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक समितिका अध्यक्ष बृजेशबहादुर सिंहले जानकारी गराउनु भयो ।
धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा प्रत्येक वर्ष ७ सयदेखि १ हजारसम्म साधु, सन्त, महत्माहरुको सहभागिता हुने गरेको छ । यस वर्ष पनि १ हजार बढी साधु, सन्तहरुको सहभागिता हुने अनुमान मेला आयोजक समितिले लगाएको जनाएको छ ।


मेला आयोजक समितिका अनुसार राप्ती नहान मेला कै दिनदेखि शुरु हुने अर्थात मंसिर १३ गतेदेखि मंसिर १७ गतेसम्म सञ्चालन हुने मेलामा धार्मिक नाटक मञ्चन हुनुका साथै भक्तजनहरुलाई दैनिक भण्डारा, प्रसाद ग्रहण, कन्य पूजन, रुद्री पुजालगायतका कार्यहरु हुनुका साथै सहभागी साधुसन्तहरुलाई उपहार स्वरुप दक्षिण, कम्बल आदि वितरण गरिने परम्परा रहि आएको तथा सोही अनुसार यस वर्ष पनि वितरण हुने बताएका छन् ।
यस वर्ष पनि श्री रामलीला नाटक मञ्चनद्वारा मंसिर १४ राम जनम, मंसिर १५ गते मिरा लिला, मंसिर १६ गते हरिश चन्द्र नाटक, मंसिर १७ गते वर्षाने की लठ मार होली, मंसिर १८ गते धनुष यज्ञको आयोजना गरि मेलाको समापन गरिने पत्रकार सम्मेलनमा जानकारी गराउँदै अध्यक्ष वैश्यले उक्त कार्यको लागि भारतबाट कलाकारहरु आउने तथा उक्त कथाको रसपान गर्न सम्पूर्ण बाँकेबासीहरुमा अनुरोध समेत गरेका छन् ।


मेलामा प्रत्येक वर्ष झै यस वर्ष हुने भण्डारमा दाताहरुले आफै अग्रसरता देखाउँदै आएको हुँदा मेला समितिमाथि आर्थिक भार नपर्ने जानकारी गराउँदै समितिद्वारा नाटक कलाकारहरु, टेण्ट लाईड, पुजा सामाग्री लगायतमा २ देखि ३ लाख सम्म खर्च गर्नु पर्ने भएको बताउनु भयो ।
मेलामा सहभागी साधु सन्तहरुको लागि आवश्यक काठ, दाउर, पराल, पानी लगायतको व्यवस्थापन गरिनुका साथै मन्दिर परिसरमा सरसफाई तर्फ ध्यान दिनुका साथै प्रत्येक कार्यको लागि छुटाछुट्टै टीम गठन गरिएको आयोजकद्वारा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *