
नेपालगन्ज, २६ श्रावण – राष्ट्रिय प्रजातांत्रिक युवा संगठन बाँकेले युवा दिवसको अवसरमा बृक्षारोपण कार्यक्रमको आयोजना गरी हरित नेपालगन्ज बनाउने ‘‘हाम्रो अभियानमा हाम्रो हाते मालो’’ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिक १० स्थित रहेको श्री शारदा आधारभूत विद्यालयमा बृक्षारोपण गरेको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्ज नगर अध्यक्ष बिबेक गिरीको आयोजनमा सम्पन्न गरिएको कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठले समुदघाटन गर्नु भएको थियो ।
नेपालगन्ज १० मा रहेको श्री शारदा आधारभूत बिद्यालयको पर ५० भन्दा बढी नीम, जामुन, अमला मोरिंगा, गुलमोहर लगायतका बिरुवाहरू बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण कार्यक्रममा रा प्र पा सहायक महामंत्री ऋषि राज देवकोटा, लुम्बिनी प्रदेश उपाध्यक्ष नीतू चन्द, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, रा.प्र.पा. युवा लुम्बिनी प्रदेश अध्यक्ष हुकुम के. सी, रा.प्र.पा. युवा केन्द्रीय सदस्य रबिना शाही, युवा जिल्ला अध्यक्ष युवराज शाही, क्षेत्र २ अध्यक्ष बीरेन्द्र गहतराज, युवा नेता रबि बर्मा, नेपालगन्ज उपमहानगरपालिक वडा नं. १० का निर्वाचित अध्यक्ष श्रवणकुमार श्रेष्ठ, वडा सदस्य दीपेन्द्र श्रेष्ठ, वडा सदस्य भरतध्वज शाही, रा.प्र.पा. युवा नेपालगन्ज १९ अध्यक्ष रेशम खत्री लगायत रा.प्र.पा.का केन्द्र, प्रदेश, जिल्ला, भातृ संगठनका ५० भन्दा बढीको उपस्थित रहेको थियो ।
जिल्ला बन कार्यालय बाँकेले उपलब्ध गराएको बिरुवाहरू मध्ये केहि थान फूलको बिरुवा सार्वजनिक स्थल वडा कार्यालयको प्रांगणमा समेत लगाइएको नेपालगन्ज उपमहानगरपालिक १० बाट निर्वाचित कार्यपालिका सदस्य बिना श्रेष्ठले जानकारी गराउनु भयो ।
