
नेपालगन्ज, १७ मंसिर – अन्तरपाटी महिला संजाल बाँकेको आज बैठक बसी १६दिने महिला हिंसा विरुद्धका विभिन्न कार्यक्रम गर्ने तयार गरेको छ । साथै बैठकले दाइजोका कारण मृत्यु भएकी अफसरुला खाँ न्यायको माग गरेको छ । बैठकले सत्य तथ्य पत्ता लगाइ पीडितलाइ न्याय र पीडकलाइ कानुन अनुसारको कारबाहिको माग गरेको छ । उनको मृत्यु भएको लामो समय भै सक्दा पनि पीडितले न्याय पाउनमा ढिलाइ भएको भन्दै नेपालगन्ज वडा नं.७ माइति भएकी खाँलाई न्यायको माग गरेको हो ।
अन्तरपाटी महिला संजाल बाँकेका सचिव अछरी पोखरेलले दिएको जानकारी अनुसार बाँकेमा रहेको एभरेष्ट बैंकका प्रो.वहव खां की छोरी अफसरुला खाँको दाइजोका कारण मृत्यु भएको लामो समय वितिसक्दा पनि न्याय दिनमा ढिलाइ भएको र सत्य तथ्य लुकाउन खोजेमा संजालले कडा प्रतिवाद गर्ने समेत प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।
पीडितलाइ न्याय र पीडकलाइ कानुन अनुसारको सजाय दिइयोस प्रेस विज्ञप्तीमा भनिएको छ । १६दिनेमहिला हिंसा विरुद्धको अभियान चलिरहेको अवस्थामा एउटी महिला दाइजोका कारण अनाहकमा मृत्युवरण गर्नु परेको घटना प्रति अन्र्तपाटी महिला संजाल बाँकेले खेद प्रकट गरेको छ ।
अन्र्तपाटी महिला संजाल बाँकेका अध्यक्ष अम्बिका काफ्लेको अध्यक्षतामा बसेको बैठकमा निर्वतमान अध्यक्ष रेखा गुप्ता,पुर्व अध्यक्षहरु नारायणी रुपाखेति, रेणुका खड्का, उपाध्यक्ष गीता राना, सदस्यहरु रीचा दुवेदी ,इता शर्मा, मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
अफसरुला खाँको आत्माले शान्ति पाओस भनि आगामी मंसिर २० गते नेपालगन्जको विपि चोकमा माेमबत्ति बाल्ने संजालले निर्णय गरेको छ । साथै सबै राजनीतिक पार्टीका महिलाहरुलाई उपस्थितिको लागि समेत बैठकले अनुरोध गरेको छ ।
