
आकाश वैश्य, नेपालगन्ज, २२ असोज – जय श्री राम शक्ति दल लाठी समितिले दिन शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहालमा आफ्नो ३१औं वार्षिक उत्सव एवम् खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार वैश्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज श्रेष्ठले प्रभु श्रीरामको तस्बिर अगाडि दीप जलाई कार्यक्रमको समुद्घाटन गरेका थिए ।नेपाल शिव सेनाका नेता एवम् बाँके क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार दिवाकर शर्मा खनाल, नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष एवम् बाँके क्षेत्र नं. २ प्रदेश सभा (ख)का स्वतन्त्र उमेद्वार राजकुमार रौनियार, कसौधन वैश्य समाजका अध्यक्ष एवम् राप्रपाका केन्द्रीय सदस्य नन्दलाल वैश्य लगायतका नेता समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
णप्रथम दिव्यांश वैश्य, द्वितिय रोहीत गुप्ता, तृतीय सौरभ कनौजिया, चौथौ निखिल वैश्य, उत्कृष्ट खेलाडी सचिन गुप्ता र अनुशासनमा सुराज साहु लगायतका खेलाडीहरुलाई दोसल्ला ओढाई विजयी चिन्ह, ट्रफी, शिल्ड मायाको चिनो विशिष्ट अतिथि दिवाकर शर्मा खनाल र राजकुमार रौनियारद्वारा प्रदान गरिएको थियो ।
यसै क्रममा संस्थाले आफ्नो कार्यसमितिका पदाधिकारी प्रथम उपाध्यक्ष जीतकुमार वैश्य (भोलू),उपाध्यक्ष पावनकुमार पटाहर, सचिव आकाश वैश्य,कोषाध्यक्ष पवन कमलापुरी, मुख्य सल्लाहकार विजय लाल वैश्य, सल्लाहकार वीरेन्द्र सिंह ठठेर, पुरुषोत्तम वैश्य, नन्हु लाखेर सञ्जय शाहू, जितु गुप्ता, विनोद गुप्ता र सदस्य विक्की गुप्ता (राजा), रोहित लखेर अनुज वैश्य, दिपु गुप्ता, ऋषव वैश्य, दिपेश वैश्यलाई समेत मायाको चिनो सहित सम्मान गरिएको थियो ।
व
