Wednesday, January 14सत्यम खबर
Shadow

पानीले फुल्टेक्राबासीहरुको जनजीवन कष्टकर, उपायको खोजीमा वडाध्यक्ष (फोटोफिचरसहित)

नेपालगन्ज, २१ असोज – तीन दिनदेखी अविरल परेको वर्षाको पानीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाबासीहरुको जीवन अस्तव्यस्त बनाई दिईएको छ ।
उपमहानगरपालिका भित्र बसोबास गर्ने तथा ४ नं. वडाका जनप्रतिनिधिहरुले घर दैलोमा पुगेर वडाबासीहरुको अवस्था के कस्तो छ बुझ्ने गरिरहेका छन् । त्यसमाथि थप सहयोगको लागि सार्वजनिक सञ्जाल मार्फत नै सम्पर्क गर्न समेत अनुरोध गरिरहेको बेला वडा नं. ६ का जनप्रतिनिधिहरु शान्त बसिरहेको वडाबासीहरु बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा कार्यालय छेउमा बसोबास गर्ने वडा सदस्य सञ्जु रेग्मीको घर छेउ हुँदै गएको बाटोमा समेत जल मग्न रहेको पाईन्छ ।
यसैगरी त्यस अगाडी जाँदा नाई वस्ती जाने बाटो समेत जल मग्न रहेको पाईन्छ । वडा नं. ६ का पूर्व वडा सदस्य दिपक श्रेष्ठ तथा वर्तमान वडा सदस्य मदन थापाको घर छेउछाउमा समेत जल मग्न रहेको पाईन्छ ।
यसबारे वडा अध्यक्ष स्वयं बिहानदेखि वडा भित्रका टोलटोल अनुगमन गरेको बताउँछन् । वडा अध्यक्ष समिरप्रताप सिंहका अनुरोध पानी परेको हुँदा तत्काललाई केही गर्न सक्ने अवस्था देखिएन तर पानी पर्न बन्द हुने बित्तिकै पानी जमेको स्थानमा तुरुन्त कार्य थालनी गरिनुका साथै पानीबाट पीडित भएकाहरुको तत्काल वडाबाट हुनुपर्ने सहयोग गरिने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *