
नेपालगन्ज, ३ असोज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले हिन्दू धर्ममा दिएको अभिव्यक्तिले उनको चौतर्फी विरोध भएको छ । शनिबार प्रचण्डले बराहक्षेत्रमा भैंसीको पूजा गर्दै ३३ कोटी हिन्दू देवी देवताको अपमान जनक शब्द प्रयोग गरेको भन्दै उनको चौतर्फी विरोध शुरु भएको छ ।
आईतबार बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोकमा नेकपा माओवादी अध्यक्ष प्रचण्डको पुतला समेत दहन गरिएको छ । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान नेपालगन्जका संयोजक कृष्णादेवी पाण्डेयको नेतृत्वमा उक्त पुतला दहन कार्यक्रम सम्पन्न गरिएको छ ।

पुतला दहन कार्यक्रममा अगावै विभिन्न नारा लगाईएको छ । “हिन्दु धार्मिक आस्थामाथि चोट पु¥याउ पाईन्दैन, हत्यारा प्रचण्ड मुर्दाबाद,” लगायत नारा लगाईएको थियो । आईतबार राती ७ बजे त्रिभुवन चोकमा पुतला दहन हुने क्रममा बाक्लो सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।
विश्व हिन्दू परिषद नेपालका महामन्त्री जितेन्द्र सिंहले सामाजिक संजाल आफनो फेसबुक वालमा प्रचण्डको टिप्पणी माथि कडा प्रहार गरेका छन । महामन्त्री सिंहले आफनो फेसबुक वालमा लेखाका स्टास्ट जस्ताको त्यस्तै,
‘‘पुष्पकमल दाहालले विज्ञान तथा प्रविधि दिवसका दिन अध्यात्मवादले जडता र विभेद पैदा गर्छ भनेर दिएको अभिव्यक्ति खेदजनक छ । अध्यात्म वा हाम्रो धर्मले मानिसलाई विभेद गर्न सिकाउँदैन, बरु सर्वे भवन्तु सुखिनः, बसुदैव कुटुम्बकम् भनेर सिकाउँछ । धर्म रअध्यात्ममाथि प्रहार गर्ने दाहालको कार्य उनको दरिद्र चिन्तनको पराकाष्टा हो। दाहालले बराहक्षेत्रमा भैँसी पूजा गरेको मात्र होइन, एकजना अमुक व्यापारीकहाँ गाईको पुच्छर समाएर गौदान गरेको जानकारी धेरैलाई छ भन्ने कुरा नबिर्सिउन । हाम्रो आस्थामाथि निरन्तर प्रहार गर्दै आएका दाहालहरुले यो नबिर्सुन् (अध्यात्मको पुञ्ज बोकेका लाखौँ मानिसहरु सभ्यता र संस्कृति रक्षाका लागि सकारात्मक चिन्तनका साथ लामबद्ध छन् ।’’

त्यस्तै फेसबुक प्रयोग कर्ता प्रहलाद रेग्मीले समेत प्रचण्डको अभिव्यक्ति प्रति कडा आलोचना गरेका छन । उनले आफनो फेसबुक वालमा प्रचण्डको विरोध गर्दै लेखेका छन, ‘‘क. प्रचण्ड ÷ ऋयmचबमभ एचबअजबलमब को औकात यत्ति हो । भैसी पुजा गर्नेले आध्यात्म कहा बुझ्छ र ? मन्त्र र तन्त्रको भेद नजान्ने मुलाले ठुलो कुरा नगरेकै राम्रो । मन को कुरा मुखमा त आउछ नै देखावटी रूपमा सर्वधर्म समभाव को कुरा गर्ने भित्र भित्रै ईसाइको पृष्ठपोषण र हिन्दुत्वको बिरोध गर्ने प्रचण्ड विरुद्ध सम्पुर्ण मन्दिर र मठमा यसको बहिस्कार गरौ यस्ता व्यक्ती उपस्थित भएको सभा र कार्यक्रममा पन्डितगुरू हरूले आफ्नो कार्यक्रमलाई स्थगन गरौ । जबसम्म तपाईहरूले यस्तालाई बहिस्कार गर्नुहुन्न तबसम्म यिनको चेत फर्किदैन ।
समाज जागरण हेतु उयकत लाई अत्यधिक कजबचभ गरौ। आफ्नो फेसबुकमा उयकत गरौ ।’’ लेखेर कडा विरोध गरेका छन ।

यस्तै अर्का फेसबुक प्रयोगकर्ता संजिव साहले पनि हिन्दू विरोधी अभिव्यक्ति दिने प्रचण्डको कडा विरोध गरेका छन । साहले त वीरगन्जका प्रचण्ड विरुद्ध आन्दोलनको घोषणा समेत गरेको छन । वीरगन्जमा आज बेलुका ५ बजे माईस्थान मन्दिर अगाडी पार्कबाट प्रचण्ड विरुद्ध जुलुस निकाले तयारी समेत गरेको जानकारी पाएका छौ । यसअघि उनले आफनो फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै,
‘‘जिवनभर धर्मको विरोध गर्यो
आध्यात्मको खिल्ली उडायो
पन्डित मार्यो
मन्दिर भत्कायो
शास्त्र जलायो
पुजारीलाई कालोमोसो दल्यो
गुरुकुल शिक्षकलाई गोली ठोक्यो
जस्तो कर्म गर्यो त्यस्तै फल पायो
दुनियाको छोरो मार्नेले आफ्नै छोरो गुमायो
दुनियालाई बिधुवा बनाउनेले
आफ्नै घरमा दुईरदुई वटी बिधुवा देख्यो
दुनियालाई टुहुरा बनाउनेले
आफ्नै घर भित्र बाउ बिहिन दुई टुहुराको पिडा भोग्यो
अस्पतालमा बम राख्नुलाई क्रान्ती ठान्नेले
समयमा औषधि उपचारको अभावमा आफ्नै छोरी गुमायो
दुनियालाई मरणासन्न बनाएर हिडडुल गर्न नसक्ने बनाउनेले
गोलीको छ¥रा लिएर बाच्न बाध्य बनाउनेले
आफ्नै घरमा अशक्त स्वास्नी हुदा कस्तो हुन्छ
पिडा भोगिरहेको छ
तरपनि अझै पुगेको छैन
अझै बिरोध गर्दै छ
अझै मजाक बनाएर हास्दै छ
यसको मृत्यु कुन रूपले हुने हो
हेर्न बाकी छ ।’’
उनले त सम्पूर्ण हिन्दू समाज संग आहवान गर्दै प्रचण्ड विरुद्धको अभियानमा लाग्न अपिस समेत गरेका छन । प्रचण्डले विज्ञान प्रविधिमा देवी देवता भन्दा मान्छेको र गरिबको पुजा गर्नुपर्ने भन्दै हिन्दू देवी देवताको अपमान गरेको आरोप लागेको छ ।
प्रचण्ड स्वंय मानिस र गरिबको पुजा गर्ने पाठ सिकाई रहेको सुहाएन । द्धन्द्धकालिन समयमा प्रचण्डले १७ हजार मानिसको नरसंहार गरेका थिए । यहाँ सम्म चितवनको माडी घटनामा बम प्रहार गर्दै कैयौ मानिस र गरिब जनताको हत्या गर्ने हत्यारा प्रचण्डले मानिस र गरिबको पुजा गर्नुपर्छ भन्नु नसुहाएको भन्दै चौतर्फी विरोध भईरहेको छ ।
