
नरैनापुर, १० भाद्र – केही वर्ष अगाडि अति पिछडिएकाे पंक्तिमा रहेकाे बाँकेकाे नरैनापुर गाउँपालिकामा २०७४ काे स्थानिय निर्वाचन पश्चात केही सुधार भएकाे पाईन्छ तर त्यसकाे श्रेय गाउँपालिका प्रमुख ईस्तयाक अहमद शाह नै हुन भन्न नसक्ने तर्क पालिकाबासी जंगली गोडियाकाे भनाई रहेकाे छ ।
नेपालकाे तराई क्षेत्रमा अति पिछडिएकाे पालिकामा नामांकन समेत बटुल्न सफल नरैनापुर गाउँपालिकामा काेभिड-१९ काे बेला समेत समस्याकाे थुप्राे नभएकाे हाेईन तर नरैनापुरबासीहरूकाे उल्लेख्य याेगदानले गर्दा हाल विकासतर्फ उन्मुख भएकाे समई गोडियाकाे भनाई रहेकाे छ ।
नरैनापुर गाउँपालिकामा शिक्षाकाे कुरा गर्नु पर्दा समेत अति पिछडिएकाे अवस्था हाल पनि विधमान रहेकाे छ तर कागजी रूपमा सबल बनाईएकाे प्रमाण गाउँपालिका शिक्षा शाखामा थुप्रै उपलब्ध हाेला भनी महेश यादवकाे भनाई रहेकाे छ ।
माथि उल्लेखित विषय वस्तु थाेरै मात्र उठान गरिएकाे छ किनभने माैसमकाे मार खेपी रहेकाे नरैनापुर गाउँपालिकालाई खुख्खा क्षेत्र घाेषणा गरिएकाे छ । तर १ दिन अगाडि परेकाे पानीले गाउँपालिकाद्वारा गरिएकाे विकास बारे पाेल खाेलेकाे देखिन्छ ।
नरैनापुर गाउँपालिका वडा नं. ६ दाेन्दरा गाउँमा मेन राेडदेखि सहायक राेड समेतकाे मर्मत, निर्माण, नाला सफाई, नाला निर्माण वर्षाैदेखि नहुँदा हिलाेमा हिडना बाध्य छन् वडावासी हजाराै सर्वसाधारण जनता । त्यसकाे जिम्मेवार काे ? जसलाई विकासप्रेमी भनी चित्रण गरि पुन: सत्ता हस्तान्तरण गर्ने जनता व गैर जिम्मेवार भई शासन गर्ने जनप्रतिनिधि ? प्रश्न गर्छन लक्ष्मण यादवले ।
साेही वार्डबाट २०७४ देखि नेपाली काँग्रेसका उम्मेद्वार विजय हुने गरेका छन् । वर्तमान अवस्थामा नेपाली काँग्रेसका चन्द्र माैर्य वडाध्यक्षमा जीत हासिल गरेका छन् । तर जीतपछि हालसम्म माला थाप्ने काम बाहेक थप उपलब्धी हासिल गर्न नसकेकाे भनाई उनकै वडाका वडाबासी खेमराज गोडियाकाे भनाई रहेकाे छ ।
रिमसुरत राढकाे भनाई अनुसार अलिकति वर्षा हुँदा घरभित्र पानी पसेकाे हुन्छ तर राहतकाे लागि जनप्रतिनिधिहरूलाई गुहार लगाउँदा कुनै सुनुवाई नभएकाे बताउनुभयाे । हुन पनि सुनवाई किन हाेस यस वडामा गरिबीकाे रेखामुनि रहेका बासिन्दाहरूकाे बसाई धेरै रहेकाे छ । जाे सित शिक्षा छैन, पहुँच छैन, पैसा छैन, श्रम गरि खेती गर्नु बाहेक अर्काे बिकल्प छैन, अनि कसरी सुन्ने हाम्राे कुरा भनी समेत गुनासाे गरिन सुमित्रा गोडियाले ।
नरैनापुर गाउँपालिका नवनिर्वाचित जनप्रतिनिधिहरूले गरेका काम बारे थप जानकारी माग्दा जुमई राढले भन्नुभयाे- “हमसे नपुछाे दादा नाई ताे हिंया ताे बस देखावा करा जात है, मगर काम तनिकाै अभितक भवा नाई है” बताउनुभयाे ।
गाउँपालिकाकाे ढाेलकाे पाेल खाेल्ने चन्द्रखा मुराउ, जुगरा गोडिया, लक्ष्मण मुराउ, सुन्दर दास, बिजयकान्त मुराउ, उदयकरण मुराउ, सरदार कुर्मि, कन्छेद मुराउ, खेलाडी यादव, नेकपा माओबादी केन्द्रका नेता डिट्ठाप्रसाद मौर्य लगायत धेरै रहेका छन् तर सबकाे भनाई एउटै रहेकाे छ विकासकाे नाममा आफ्नाे विकास गर्नु बाहेक गाउँकाे कुनै विकास भएकाे छैन् ।
यसबारे साेही क्षेत्रमा बसाेबास गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य रामकुमार दीक्षितलाई जानकारी गराउँदा उहाँले- “मैले आजै यस्ताे गुनासाे सुनेकाे छु, यसकाे निकासकाे लागि वडा कार्यालय डेलिगेशन जाने छु, त्यहाँबाट समस्या समाधान नभए गाउँपालिका जानेछु, समस्या समाधान नभए ज्ञापनपत्र बुझाउने छु त्यसपछि पनि तत्काल समस्या समाधान नभए आन्दाेलनकाे कार्यक्रम घाेषणा गर्ने” बताउनुभयाे ।
