
काठमाण्डौ, ७ असार – धार्मिक सशस्त्र समूह इस्लामिक स्टेटले अफगानिस्तानको राजधानी काबुलस्थित शिख मन्दिरमा शनिबार भएको आक्रमणको जिम्मा लिँदै उक्त आक्रमण इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमानको बदला भएको जनाएको छ ।

शनिबार काबुलस्थित शिख समुदायले पूजा गर्ने मन्दिरमा भएको आक्रमणमा दुई जना मारिएका थिए। साथै सात जना घाइते भएका थिए।
उक्त आक्रमणको केही घण्टापछि इस्लामिक स्टेटले भारतमा सत्तारुढ दलका नेताले इस्लामिक धर्मगुरुमाथि अपमान गरेको भन्दै त्यसको बदलास्वरुप हमला गरेको जनाएको छ।
यस क्रममा आईएसआईएसले आफ्ना एक कार्यकर्तामार्फत् आत्मघाती हमला गरेको जनाएको छ। (पूर्वपश्चिम अनलाईन)
