Sunday, April 12सत्यम खबर
Shadow

“अवधी पत्रकारिता स्थापना दिवस”काे तयारीमा तिब्रता

नेपालगन्ज, २४ पाैष – मधेश मिडिया मिशन नेपाल बाँके शाखाले “अवधी पत्रकारिता स्थापना दिवस” भब्य र सभ्य तवरले सम्पन्न गर्ने तयारीमा तिब्रता दिंदै जिल्लाका अवधी भाषी जानकारहरूसित छलफल तथा अन्तर्किया गर्ने भएकाे छ ।

बाँके शाखाले आज शनिबार जिल्ला कमिटीको बैठक बसी “अवधि पत्रकारिता स्थापना दिवस” मनाउने बारेमा विस्तृत चर्चा गर्दै अगामी कार्यक्रम गर्नु पुर्व यहाँ रहेका अवधी जानकारीहरू बीचबाट आएकाे सुझाव अनुसार कार्ययाेजना बनाई स्थापना दिवसकाे घाेषणा गर्ने निर्णय गरेकाे शाखा सचिव सन्ध्य शर्माले जानकारी गराउनु भएकाे छ ।

सचिव शर्माका अनुसार छलफल तथा अन्तर्किया कार्यक्रम माघ महिनाकाे दाेस्राे सातामा गर्ने निर्णय भएकाे बताउनु भयाे ।

बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष मनोज कौशल, सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई, उमेशनाथ मिश्रा, आकाश गुप्तालगायतको उपस्थिति रहनुका साथै सल्लाहकार अजयकुमार गुप्ताको विशेष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *