
– शुभम् शर्मा
नेपालगन्ज, १२ पौष – सिख समुदायले वीपी चोक सुर्खेतरोडस्थित श्री गुरुनानक देव सिंह सभा गुरुद्वारामा शहीदी सप्ताह मनाएका छन् ।
मुगलकालमा आतंकी औरंगजेबले श्री गोविन्द सिंहजी महाराजका ४ जना शहजादे र पंच प्यारेको निर्मम ढंगले हत्या गरेका थिए । तर वैदिक सनातन धर्मको संरक्षणको लागि गुरु गोविन्द सिंहजी आजीवन उनी मुगलकालका तानाशाह विदेशी आतंकीसँग संघर्ष गर्दै रहे ।

सिख समुदाय र मुगलकोबीच विभिन्न समयमा भएको युद्धमा हजारौं हजार खालसा पन्थका सिखले आफ्नो शहादत दिएका थिए । औरंगजेबको कालमा क्रूरता यति थियो कि त्यसले वैदिक सनातनी धर्मावलम्बीले धारण गरेको सवा मन जनेउ शरीरबाट उतार्न लगाउँथ्यो जो व्यक्ति जनेउ उतार्न मान्दैनथ्यो त्यसको हत्या गराउँथ्यो अनि मात्र त्यसले खाना पानी खान्थ्यो ।

यस्तो अत्याचार त्यसले आफ्नो शासनकालमा गरेको थियो । सिख समुदायका तमाम व्यक्तिको शरीरमा कपास बेर्ने र पछि आगो लगाई जिउँदै जलाई दिइने त्यस्तै गुरुको शहजादेहरु लाई भक्भकी उम्ली रहेको तेलमा जिउँदै हाली दिने र एक शहजादेलाई जिउँदै काठ चिर्ने आराले शरीरको बीचमा २ टुक्रा पार्ने जस्तो निर्मम घटना घटाएको थियो । यो सप्ताहलाई सहजादे दिवस भनिन्छ ।
सो घटनाको स्मरण गर्दै सिख समुदायले दिसम्बर २२ देखि २८ सम्म शहीदी सप्ताह मनाएका हुन् । यो शहीदी सप्ताह भोलि मंगलवार दिन सम्पन्न हुनेछ । सुर्खेतरोडस्थित गुरुद्वारा सिंह सभामा यस सप्ताहमा विविध धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ । यस गुरुद्वाराको अध्यक्षमा राजु सरकार, उपाध्यक्ष हरपाल सिंह सरदार र कोषाध्यक्षमा गजेन्द्र सिंह सरदार (राजु) रहेका छन् ।
