नेपालगन्ज, ९ पौष – यतिबेला सम्पूर्ण बाँके जिल्ला लभ जेहादीहरुबाट त्रस्त रहको पाईन्छ । बाँके जिल्लामा लभ जेहाद अभियानलाई तिब्र पार्न कपिवलस्तुबाट लभ जेहादी समूह सञ्चालित रहेको बुझिएको छ । केही महिना भित्रै बाँके जिल्लामा लभ जेहादको घटना घटित भईरहेको छ । यो लभ जेहादलाई तिब्र ढंगले चलाउन विदेशबाट फंडि· भईरहेको छ ।
केही दिन अघि वैश्य समुदायकी एक युवती धर्मान्तरित भई अर्कै धर्मको युवकसँग निकाह गरी गई सकेकी छिन् । अहिले भर्खरै पासा· ल्हामु मार्ग बस्ने एक वैश्य थरकी युवती लभ जेहादको शिकार बनेकी छिन् । यी युवतीलाई लभ जेहादीहरु यति ब्रेनवास गरेका छन् कि ति युवती साथी संस्थामा बसे पनि सोही युवकसँग जाने ढिपी राखेकी छिन् । युवतीका परिवार सदस्यले यसको विरोध गर्दा पीडित पक्ष माथि अदालतमा मुद्दा दायर भई सकेको छ ।
यस बीच पीडकहरुले युवकलाई प्रहरीबाट छुटाउन बन्दी प्रत्यक्षीकरण अदालतमा लगाएका छन् । २०७७ सालमा सो युवकले लभ जेहादलाई निष्कर्षमा पु¥याउन युवतीका परिवार सदस्यसँग स्वीकृति नलिई अदालतबाट कोर्ट मैरिज गरेको थियो । यो कोर्ट मैरेजको कुरा लामो समयदेखि गोप्य राखियो । अहिले उनीहरु युवतीलाई आफ्नो साथ लैजान कानुनी सहारा लिएका छन् । अहिले नेपालगन्ज उपमहानगरपालिका भित्र लभ जेहाद तिब पारिएको छ ।
एक जानकारी अनुसार अहिले त्रिभुवन चोक सदरलाईन परिक्षेत्रमा बसोबास गर्ने बनिया समुदायकी युवती उनीहरुको लक्ष्यमा छिन् । यसमा वैश्य समुदायकी ७ जना युवती लभ जेहादीहरुको सम्पर्कमा रहेकोले अगामी केही दिन भित्रै वैश्य समुदायकी थुप्रै छोरीबेटी लभ जेहादीको पास पुग्ने जानकारी प्राप्त भईरहेकोले अहिले वैश्य समुदाय समयमा नै सचेत र सजग भई बस्नु जरुरी छ ।
यी युवती समय समयमा आ–आफ्नो परिवार सदस्यको आँखा छलेर लभ जेहादीको अड्डामा पुग्ने गरेकी छिन् । त्यहाँ उनीहरुको ब्रेनवास गर्ने कार्य जारी छ । भागे पछि प्रहरीसँग कसरी कुरा गर्ने, परिवार सदस्यले सम्झाउँदा बुझाउँदा कसरी आफ्नो कुरामा अडिग रहने यो कुराको प्रशिक्षण उनीहरुलाई दिईने गरिएको छ ।
केही वर्षदेखि वैश्य समुदायमा किट्टी पार्टीमा युवतीहरुलाई सहभागी गराउने फेसन चलेकोले उनी युवती अर्कै धर्मका युवकको सम्पर्कमा पुग्ने गरेकी छिन् । वैश्य समुदायमा खुल्ला वातावरणको प्रचलन बढेकोले विभिन्न विकृति विसंगतिहरु बढ्दै गएको छ । जसको फाईदा लभ जेहादीहरु उठाई रहेका छन् । यस्तो किट्टी पार्टी युवतीहरु होटल, रेष्टोरेन्टमा एक्लै जाने परम्परा बढेकोले लभ जेहादीको घटना बढेको पाईन्छ ।