
नेपालगन्ज, ३ पाैष – एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजना गरेको वडा स्तरीय क्रिकेट प्रतियोगिता तयारी पूरा भएकाे जानकारी गराउँदै आज पाैष ४ गते आईबार बिहान ९ बजेदेखि शुभारम्भ हुने भएको छ ।
प्रतियोगिता जानकी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले उद्घाटन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक सकिल अहमद राईले जनाएका छन् ।
आयोजकका अनुसार प्रतियोगितमा जानकी २ नं. वडाबाट खेलाडीहरूकाे सहभागिता हुनुका साथै खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ । जानकी २ बनकटवामा हुने प्रतियोगिता वडा भित्र खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकास हुने उद्देश्य रहेको जनाईएकाे छ ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने आयोजक संघले जनाएको छ ।
