
नेपालगन्ज, १ पाैष – नेपाल आई.टि.एफ तेक्वान्दो संघ बाँकेले आयोजना गरेको नगर स्तरीय तेक्वान्दो प्रतियोगिता तयारी पूरा भएकाे जानकारी गराउँदै भाेलि पाैष २ गते शुक्रबार बिहान ११ बजेदेखि शुभारम्भ हुने भएको छ ।
आयाेजक संघद्वारा बिहिबार पत्रकार सम्मेलनमा पौष २ र ३ गते हुने भनिएको जिल्ला स्तरीय प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताएको छ ।
यस अघि मंसिर २४ र २५ गतेका लागि तय गरिएको प्रतियोगित समय अभावका कारण पौष २ र ३ गतेका लागि तय गरिएको थियो । प्राविधिक समस्याका कारण पुर्वानिर्धारित योजनामा परिवर्तन गरिएको संयोजक रन्जित गिरिले जानकारी गराएका छन् ।
प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुबेदीले उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जनाईएको छ ।
आयोजकका अनुसार प्रतियोगितमा नगरका २३ वटै वडाबाट खेलाडीहरूकाे सहभागिता हुनुका साथै जिल्लाभरका २ सय ५० जना खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकास हुने उद्देश्य रहेको जनाईएकाे छ । प्रतियोगितामा १५ के.जी. तौल देखि ७० केजी तौल भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजक संघले जनाएको छ ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने आयोजक संघले जनाएको छ ।
