Monday, April 20सत्यम खबर
Shadow

धार्मिक आस्थाकाे प्रतिक करवाचौथ नेपालगन्जमा मनाईयाे

शुभम शर्मा
नेपालगन्ज, ५ कार्तिक – विशेष गरि अवधी भाषी महिलाहरूले धार्मिक र सामाजिक आस्थाकाे रूपमा मनाउने करवाचाैथ पर्व आजभाेलि नेपालगन्जमा सबै भाषी र वर्गका महिलाहरू मिलि भब्य रूपमा मनाउन शुरू गरेका छन् ।

कार्यक्रमकाे नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य तथा राष्ट्रिय प्रजातान्त्रिक मधेस महिला संघका अध्यक्ष कृष्णादेवि पाण्डेले संयुक्त रूपमा दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरेका थिए ।

उपमेयर थापाले “यो मधेसी महिलाहरुले मात्र नभई सम्पूर्ण हिन्दु नारीहरुले मनाउनु पर्ने बताउनु भएको थियो ।” कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक मधेसी महिला संगठन अध्यक्ष पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे । पुर्खौबाट चल्दै आएको पर्व मनाएको देखेर आफुलाई अझै भब्य र ब्यवस्थित हुने रहर जागेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

उहाँले यो नेपालको कल्चर पर्व भएकोले यसको विकास र राम्रो प्रचारप्रसार हुनुपर्ने माग गर्दै सम्पुर्ण हिन्दू नारीहरूलाई करवाचाैथकाे शुभकामना ज्ञापन गर्नु भएकाे थियाे । कार्यक्रममा पञ्चसिल लायन्स क्लबबाट भावना सापकोटा र दिपाली टण्डनको उपस्थिति रहेको थियो ।

अध्यक्ष पाण्डेले आफुहरुले यो पर्वलाई आउँदा वर्षहरूमा अझैँ महत्व बढ्ने गरी मनाईने बताउनुभयो। कार्यक्रममा उपस्थित सम्पुर्णलाई विभिन्न नृत्य र क्वुईज खेलाएर मनाेरञ्जन गरी सम्पन्न गरिएकाे थियाे । कार्यक्रम संयाेजक ऊषा शाह रहेकी थिईन भने करवाचाैथ क्वुईज खेलकी क्वीन एक वर्षकाे लागि सुधा तिवारी भएकी छन् ।

धार्मिक आस्था अनुसार श्रीमान (पति)काे आयु लामाे हाेस भनी श्रीमति (पत्नी)ले करवाचाैथ मातारानीकाे व्रत बसी मनाउने गर्देछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *