हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल
भक्तपुर, ११ माघ – हिन्दू धर्म, संस्कृति तथा मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित “हिन्दू जनजागरण अभियान” को औपचारिक घोषणा गरिएको छ। उक्त अभियान हिन्दुत्व कर्तव्यसमिति अन्तर्गत सञ्चालन गरिनेछ।
हिन्दुत्व कर्तव्यसमितिको बैठकले श्यम बस्नेत ज्यूको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गर्दै अभियानको घोषणा गरेको हो। समितिमा विभिन्न क्षेत्रका अनुभवी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।
अभियानका सचिव सन्तोष सिलवाल ले जानकारी दिँदै भन्नुभयो कि, “हिन्दू धर्म र संस्कृतिको रक्षा, युवामा चेतना अभिवृद्धि, सामाजिक सद्भाव र नैतिक मूल्यको प्रवद्र्धन हाम्रो मुख्य उद्देश्य हो। यस अभियानमार्फत हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नेछौँ।”
उहाँका अनुसार, अभियानले केवल धार्मिक पक्ष मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नेछ। ...









