नेपाल दशनामी समाज र दैलेखी समाजको संयुक्त आयोजनामा ३७ जनाले गरे रक्तदान
नेपालगन्ज, ३१ साउन – नेपाल दशनामी समाज बाँके र दैलेखी समाज बाँकेको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला ३१ जना पुरुष गरी ३७ जनाले श्रावण ३० गते रक्तदान गरेका छन् ।
नेपाल दशनामी समाज बाँके तथा दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरी, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खडका, नेपाल रेडक्रस सोसाइटका पूर्व महामन्त्री मीन बहादुर मल्ल, नेपाल दशनामी समाज प्रदेश सचिव होमनाथ गिरीले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार केन्द्रका प्रमुख होमराज गिरी र महेश दहितलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
रक्तदान गर्नेहरुमा दिपक थापा, हिरामणि दाहाल, पुष्कर सिजापति, सुदिक्षा बुढा, मीना थापा, देवबहादुर खडका, बल बहादुर मगर, दैलेखी समाज बाँकेका सचिव गणेश बहादुर खडका, गरिबे चमार, कमलबहादुर गिरी, ब...









