डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श
नेपालगन्ज २९ जेठ – डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ । संचार नीतिको मस्यौदा माथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन सम्पादकसंग नेपालगन्जमा विहीबार सुझाव तथा परामर्श गरिएको छ ।
डुडुवा गाउँपालिकाले आयोजना गरेको परामर्श कार्यक्रममा मस्यौदा निर्माण समितिका विज्ञ सदस्य राकेश कुमार मिश्रले नीतिको मस्यौदा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुत गरिएको मस्यौदामाथी पत्रकारहरुले सञ्चारसंग सम्वन्धित विभिन्न कानूनी कुराहरुमा सुझाव दिएका थिए ।
स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय तहमा सञ्चार क्षेत्र तथा पत्रकारहरुको विकासका लागि नीतिगत रुपमा अघि बढने उद्देश्यले कानून बनाउन लागेको बताउनुभयो ।
कार्य...









