चीनमा कोभिडको त्रास बढ्दो
काठमाण्डौ, २७ पौष – चीनमा पछिल्लो समय सेलिब्रेटीहरूको मृत्युको खबर बाहिरिएसँगै सर्वसाधारणमा कोभिडको त्रास बढेको जनाइएको छ । चीनकी चर्चित गायिका चु लानलानको डिसेम्बर अन्त्यमा ४० वर्षको उमेरमा मृत्यु भएको खबर बाहिरिएपछि अधिकांश आश्चर्यमा परेका थिए । सर्वसाधारणहरूले उनको निकै कम उमेरमा मृत्यु भएको र त्यसको कारण सम्भावित कोभिड संक्रमण हुन सक्ने आकलन गरेको जनाइएको छ ।
चु को परिवारले उनको ‘अप्रत्याशित मृत्युले निकै दुःखी तुल्याएको’ जनाएको भए पनि मृत्युको कारणबारे केही उल्लेख गरेको छैन । भाइरसको संक्रमण फैलिएसँगै ‘शून्य–कोभिड नीति’ अख्तियार गरेको चीनले गत डिसेम्बरमा लचिला नियमहरू ल्याएको थियो । त्यसयता चीनमा भाइरसको संक्रमण तथा मृत्युदर ह्वात्तै बढेको जनाइएको छ ।
पछिल्लो समय अस्पतालहरूमा संक्रमितको भीड बढेको स्वास्थ्यकर्मीहरूले जनाएका छन । नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ तीव्र रूपमा फैलिएको...