‘ त्रिवेणी विकास समाजको साधारणसभा सम्पन्न’
बाँके, १४ असोज । त्रिवेणी विकास समाज बाँकेको मँगलवार १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका, वडा नम्बर १४ हवलदारपुरमा सम्पन्न साधारण सभामा समाजका अध्यक्ष दरिकला महराले अध्यक्षता गरेकी थिईन भने प्रमुख आतिथ्य जिल्ला सहकारी संघबाँकेका अध्यक्ष प्रेम सुबेदीको रहेको थियो ।
कार्यक्रममा सँस्थाको आर्थिक प्रतिबेदन तथा प्रगति प्रतिबेदन सहित अहिले सम्म सँस्थाले अहिले सम्म गरेको उपलब्धिको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले त्रिवेणी विकास समाजले ग्रामिण समुदायका मानिसहरुको स्वास्थ्य, शिक्षा, सरसफाई, आयआर्जन, मानव अधिकार आदि क्षेत्रमा कार्य गर्दै आएको र भविष्यमा अझै समुदायका विविध मुद्धा तथा साझा सवालहरुको पहिचान गरी कार्य गर्न सुभकामना दिएका थिए ।
यसैबीच सोही ठाँउमा मँगलवार नै जनहित त्रिवेणी कृषि सहकारी संस्था लिमिटेडको समेत ११ औँ बार्षिक साधारण सभा सम्पन्...









