
डुडुवामा किटनाशकयुक्त झुल वितरण
बाँके,१०चैत्र ।बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं २ बेतहनीका स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं. २ बेतहनी अन्र्तगतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो ।
बेतहनी स्वास्थ्य चौकीमा शनिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गरि शुभारम्भ गर्दै डुडुवा क्षेत्रका नागरिकमा अशिक्षा, सचेतनाको अभावले स्वास्थ्य समस्या भएको बताए ।
उनले यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुरयाउने भन्दै गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान संचालन गरिरहेको बताए ।
नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाईन नेपालको सयुक्त सहयोगमा २ नं. वडा कार्यालयको संयोजनमा उक्त झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताए । वितरण कार्यक्रममा वडाध्यक्ष गजेन्द्र कैराँती, कार्यपालिका सदस्य लिलावती ...