Tuesday, October 22सत्यम खबर
Shadow

यता पनि

इन्चार्ज बिष्णु गिरीको नेतृत्वमा फेरियो सीमानाकाको मुहार

इन्चार्ज बिष्णु गिरीको नेतृत्वमा फेरियो सीमानाकाको मुहार

प्रदेश ५, यता पनि, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ असोज – नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाका चौकीमा यति बेला ठेलमलेठ वा भिडभाड देख्न पाइएको छैन । जमुनाहा चौकी पूर्ण रुपमा सुनसान नै देखिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमी तथा तिहार आउनै लाग्दा समेत भारतबाट आउने नेपालीको संख्या न्यून रहेको पाईन्छ । बरु भारतीयहरु नेपालमा रोजगारी तथा आफ्न्त भेट्न सीमा चौकीबाट आउनेहरुको संख्या बढी नै देखिन्छ । कोभिड–१९, कोरोना भाइरस संक्रमणका कारण लकडाउन अवधिमा रोजगारीका शिलशिलामा रहेका नेपालीहरु धमाधम नेपाल यस अगावै नै आईसकेका रहेका छन् भने अब छिटपुट मात्र आउने क्रम जारी छ ।रोजगारका शिलशिलामा भारत पुगेका नेपालीहरु लकडाउनका कारण ५÷६ महिना अगावै घर फर्कि सकेका छन् । जसका कारण विजयादशमीको मुखमा समेत भारतबाट नेपालीहरु आउने क्रम न्यून भएको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । ‘यस बेला दैनिक चार पाँच हजार मानिसहरु...
दैलेखमा एकैदिनमा तीनपटक भूकम्पको धक्का

दैलेखमा एकैदिनमा तीनपटक भूकम्पको धक्का

प्रदेश ५, यता पनि
सत्यम खबर दैलेख,१९ असोज । दैलेखमा शुक्रवार दिउँसो लगातार तीन पटक भूकम्प गएको छ । नारायण नगरपालिका वडा नम्बर १० भवानीलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएको हो । दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२ बजेर ५३ मिनेटमा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दैलेखको भवानी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पछि ३.५ रेक्टर स्केलको पराकम्पको पनि रेकर्ड भएको छ । दैलेखबाट सुर्खेत नजिकै भएकाले भूकम्पको धक्का अनुभव बढी भएको बस्नेतले जानकारी दिए । भूकम्पको धक्का दैलेखका साथै सुर्खेतलगायत आसपासका जिल्लामा पनि महशुस गरिएको छ । लगातार भूकम्प गइरहेको र दैलेख केन्द्र भएकोले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।...
प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

प्रहरीमा रोजगारीका लागि दरखास्त आह्वान, सात हजारले जागिर पाउने

यता पनि, समाचार
काठमाडौं । नेपाल प्रहरीले सात हजार २५६ रिक्त पदमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदमा गत सोमबार नै भर्ना आह्वान गरेको हो । जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५२४ जना माग गरिएको छ । प्रहरी जवान पदमा ६ हजार २४४ जनाका लागि आवेदन आह्वान गरिएको छ । प्रहरीले खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइनेछ । यो विधामा ३० जनाको दरबन्दी आह्वान गरिएको छ । भर्ना हुन चाहनेले असोज १८ देखि २९ गतेसम्म फारम बझाउन सक्ने छन् । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी क...