Thursday, November 21सत्यम खबर
Shadow

दैलेखमा एकैदिनमा तीनपटक भूकम्पको धक्का

सत्यम खबर
दैलेख,१९ असोज । दैलेखमा शुक्रवार दिउँसो लगातार तीन पटक भूकम्प गएको छ । नारायण नगरपालिका वडा नम्बर १० भवानीलाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्प गएको हो ।
दिउँसो ११ बजेर ५५ मिनेट जाँदा पहिलो, १२ बजेर ५३ मिनेटमा दोस्रो र १ बजे तेस्रोपटक भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । दैलेखको भवानी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार पछि ३.५ रेक्टर स्केलको पराकम्पको पनि रेकर्ड भएको छ । दैलेखबाट सुर्खेत नजिकै भएकाले भूकम्पको धक्का अनुभव बढी भएको बस्नेतले जानकारी दिए । भूकम्पको धक्का दैलेखका साथै सुर्खेतलगायत आसपासका जिल्लामा पनि महशुस गरिएको छ ।
लगातार भूकम्प गइरहेको र दैलेख केन्द्र भएकोले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दैलेखले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *