Friday, September 18सत्यम खबर
Shadow

प्रदेश १

फागुन २३ गते चार बजे संसद बैठक

फागुन २३ गते चार बजे संसद बैठक

प्रदेश १, राजनीति, समाचार
काठमाडौं, १७ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् । सरकारले प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने बताइएको छ ।...
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति प्राप्त

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार
बागलुङ, १३ फागुन – राष्ट्रिय सहकारी बैंक लिमिटेडले ७ वटै प्रदेशमा प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सात प्रदेशका लागि प्रदेश शाखा कार्यालय सञ्चालनका लागि स्वीकृति दिएको बैंकले जनाएको छ ।प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश कार्यालयका लागि राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।प्रदेश अन्तर्गतका सबै शाखा कार्यालयहरुलाई उक्त प्रदेशको शाखा कार्यालय अन्तर्गत राख्ने तथा प्रदेश कार्यालयले मातहतका शाखा कार्यालयहरुसँग समन्वयात्मक तथा प्रशासनिक कार्यहरु गर्नका लागि प्रदेश शाखा कार्यालयको स्वीकृति दिइएको छ । देशमा संघीय संरचना शुरु भएपछि नै सहकारी बैंकले प्रदेश कार्यालय सञ्चालनको तयारी गरे...
नेपाली राष्ट्रबादको पक्षमा उभियो परिवार दल

नेपाली राष्ट्रबादको पक्षमा उभियो परिवार दल

प्रदेश १, राजनीति, समाचार
काठमाण्डौ, १३ फागुन – प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्छ भन्दै आएको परिवार दलले सातै प्रदेशमा प्रदेश स्तरिय भेला सम्पन गरेको छ ।बुधबार बाग्मती प्रदेश स्तरिय भेला सम्मन गरेसँगै सातै प्रदेशको भेला सम्पन भएको हो । पछिल्लो समय जातिय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा उभिएको परिवार दलले अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्दै आएको छ । जनताले बिकल्प खोजिरहेको बेला नयाँ शत्तिको रुपमा परिवार दल अगाडि देखिएको छ । सातै प्रदेशको भेलमा नागरिक समाज, बुद्धिजिबि सञ्चारकर्मी, कलाकार, राष्ट्रसेवक लगायत सबै तह र तप्काका आम नेतृत्वको सहभाति रहेको थियो । बाग्मती प्रदेश सम्र्पक समितिद्धारा आयोजीत भेलामा सम्बोधन गदै नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले नेपालका पुराना दलहले समृद्धिका कुरा गरे पनि सुसाशनलाई कम महत्व दिएको...
प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यबस्थाको देशलाई खाँचो : अध्यक्ष ढकाल

प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यबस्थाको देशलाई खाँचो : अध्यक्ष ढकाल

प्रदेश १, राजनीति, समाचार
काठमाण्डौ, ९ फागुन – लामो सययदेखि कला, साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका ब्यत्तित्वलाई परिवार दलले सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई राजधानीमा आयोजित छुटा छुटै कार्यक्रमा सम्मान गरेका हुन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका, सिस्नुपानी नेपालका सदस्य कलाकार धिरेन्द्र प्रेम सीझा, लोक तथा आधुनिक गायिका टिका पुन, मैथली भाषा बिज्ञ रुपाझा, कलाकार उदिराम खड्का, एन्जल श्रेष्ठ लगायतलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुने अन्यमा युवा बैज्ञानिक बसन्तकुमार शाही, सुपर मेमोरी किङ बिजय शाही, गिनीज बुक रेकडिस्ट, मंगल बिस्ट, गायीका प्रभिमा गहतराज, गायीका स्मृति शाही, गायक सरोज सुनाम, कलाकार लक्ष्मी शाही, पूर्व राष्ट्रसेवक, टिकारा गिरी, युवा ब्यबसायीद्वय, नरेन्द्र राययादव, सन्तोष कुमार शाह, काजल जैशवाल, गुन्ड...
सडक संर्घसबाट सर्वोच्च अदालतलाई प्रभाबित गर्न हुँदैन : परिवार दल

सडक संर्घसबाट सर्वोच्च अदालतलाई प्रभाबित गर्न हुँदैन : परिवार दल

प्रदेश १, राजनीति, समाचार
काठमाडौ, ७ फागुन – नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिधिको शासन र सबैधानीक सर्वोच्तालाई आफनो पार्टीले आत्म साथ गर्ने बताएका छन् ।नेपाल परिवार दल काठमाण्डौ – गण्डकी प्रदेश सम्र्पक समितिद्वारा बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले बर्तमान समस्याको समाधान सम्बादबाट खोज्नु पर्ने बताउँदै सर्वोच्च अदालतमा बिचाराधिन बिषयलाई सडक संर्घसबाट प्रभाबित गर्न नहुने बताए । उनले सर्बोच्च अदालतबाट आउने जुन सुकै निर्णलाई पनिदलहरु मान्नु पर्नेमा जोड दिए । ढकालले परिवार दल जातिय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जातधर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्म सम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एक मात्र उद्देश्य नेपालीजनताको सपना साकार पार्ने उद्देश्य बोक...
निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग

निर्वाचन आचारसंहिता जारी गर्ने तयारीमा आयोग

प्रदेश १, राजनीति, समाचार
काठमाण्डौ, ४ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान नहुँदै निर्वाचन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । तर, नेकपाको विवाद अझै पनि हल भएको छैन् । यस्तो अवस्थामा कसरी चुनाव होला ? भनेर चौतर्फी प्रश्न उठिरहेको छ । आयोगनिकट उच्च स्रोतले जनाए अनुसार निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार भैसकेको छ । आयोगले दलहरुसँग सुझाव पनि लिने प्रक्रिया सुरु गरिसकेको छ । हालै नेताहरु आयोग कार्यालयमा पुगेर आ–आफ्ना धारणा राखेका थिए ।नेकपा दाहाल–नेपाल समूहका नेता लिलामणि पोखरेले नेकपाको विवाद नै हल नगरी कसरी निर्वाचन हुन्छ ? भन्दै प्रश्न राखेका थिए । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ । आज एमिकस क्युरीको तर्फबाट बहस जारी छ । सुरुमा बरिष्ठ अधिवक्ता बद्य्...
प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्छ : अध्यक्ष ढकाल

प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्छ : अध्यक्ष ढकाल

प्रदेश १, राजनीति, समाचार
काठमाण्डौं, ४ फागुन – नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् ।नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भएपनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्म साथ गर्ने बताए । उनले सबोच्चले निर्बाचनमा जाने आदेश दिए परिवार दलले निर्बाचनमा भाग लिने समेत बताए । ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एक मात्र उद्देश्य नेपाली जनताको सप...
आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १४ पौष – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।शेयर सदस्य शोभा कार्कीका ससुरा बागलुङ नगरपालिका वडा नं. ३ खहरे निवासी खेम बहादुर कार्कीको निधन भएको नवौं दिनको पुण्य तिथि पारेर मंगलवार श्रद्धाञ्जली कार्यक्रम गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) शेयर सदस्यहरु दुर्गाबहादुर खत्री, जंगबहादुर कार्की, गौरी खत्री, हिरा खड्का, कृष्णकुमारी केसी, सीता केसी, कर्मचारी मन कुमारी केसीले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम ५ हजार रुपैया स्वर्गीय कार्कीकी बुहारी संस्थाका शेयर सदस्य शोभा कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महिला ...
सहकारी संस्थाहरु आफै मुनाफा कमाउने भन्दा सदस्यहरुको व्यावसकियतामा केन्द्रीत हुनु पर्छ : जिसी

सहकारी संस्थाहरु आफै मुनाफा कमाउने भन्दा सदस्यहरुको व्यावसकियतामा केन्द्रीत हुनु पर्छ : जिसी

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
साधना पन्तबागलुङ, १३ पौष – राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारीहरुले मुनाफा भन्दा सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १२ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीहरु संस्थागत रुपमा मुनाफा आर्जनमा केन्द्रीत भएकाले सहकारीले आफ्नो मर्म र भावना अनुसार काम गर्न नसकेको उहाँको भनाइ थियो । सहकारीहरुले सदस्यलाई कति मुनाफा दिने भन्दा पनि कसरी व्यवसायिक बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो । सहकारी अभियानलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्र्दै सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट योजना बनाएर अगाडि बढ्न सकेमा मात्रै उपलब्धी प्राप्त हुने उहाँको भना...
सहकारीमा कार्यविधि निर्माण सम्बन्धी गण्डकी प्रदेश स्तरीय तालिम सम्पन्न

सहकारीमा कार्यविधि निर्माण सम्बन्धी गण्डकी प्रदेश स्तरीय तालिम सम्पन्न

आर्थिक, प्रदेश १, समाचार, समाज
बागलुङ, १२ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा सहकारीमा नीति तथा कार्यविधि निर्माण सम्बन्धी एक दिने गण्डकी प्रदेश स्तरीय तालिम आइतवार सम्पन्न भयो ।सहकारी संघ संस्थालाई व्यवस्थित रुपमा सञ्चालनका लागि नीति तथा कार्यविधिको आवश्यकतालाई मध्यनजर गरी तालिम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले सदस्य संस्थाहरुको सहजताका लागि नमुना कार्यविधिहरु निर्माणमा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेश स्तरीय कार्यक्रममा कर्जा कार्यविधिका बारेमा सहजीकरण गरिएको थियो ।वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुको आम्दानीको मुख्य स्रोत कर्जा भएकाले कर्जालाई व्यवस्थापन गर्नका लागि आवश्यक कार्यविधिका विषयमा कार्यक्रम जानकारी गराइएको थियो ।तालिमको शुरुवात गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुलाई विधिसम्मत सञ्चालनका लागि तालिम सहयोगी हुने धारणा राख्नु भएको थियो । उहाँल...