उत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यम : गाउँपालिका अध्यक्ष थापा
बागलुङ, ११ पौष – काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले उत्पादन क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी माध्यम सबैभन्दा सहज र प्रभावकारी रहेको बताउनु भएको हो ।बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ बागलुङको आठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ, तर पनि उत्पादन बढाउनका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारीमार्फत उत्पादनमा जोडिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।सहकारी क्षेत्रले पूँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अध्यक्ष थापाले भन्नुभयो– अब सहकारीमा केन्द्रीत भएको पूँजिलाई उत्पादनमा परिचालन गर्नुपर्छ । उत्पादनमा लागेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा राष्ट्रिय सहकारी ब...









