उत्तरीनाका बन्द हुदाँको पीडा
२०७९ मंसिर १६ गते, शुक्रबारकाठमाण्डौ, १६ मंसिर –श्रीमन नारायणशुरुमा भूकम्पका बहानामा र विगत तीनवर्ष देखि कोरोना महामारीको बहानामा उत्तरी छिमेकी चीनले नेपालसित जोडिएका नाका बन्द गरेपछि हुम्ला, मुगु र डोल्पाका सीमावर्ति क्षेत्रका स्थानीयको रोजगारी गुम्नुका साथै चिनिया बाटो हुदै आउने खाद्यान्न पनि रोकिएको छ । जडीबुटीको र कृषिउपजको व्यपार पनि ठप्प भएको छ । यस्ता सम्सया प्राय सबै जसो सिमा वर्ति जिल्लामा रहेको पाइन्छ । यी नाकाहरु खुलाउन नेपालीपक्षबाट पटक पटक आग्रह गरिएको भएपनि चीनले टेर पुच्छर लगाएको छैन । एक प्रकारले चीनले नेपाल प्रति अघोषित नाकाबन्दी लगाएको जस्तो देखिन्छ । केरुङ्ग र खासा नाकालाई पूर्ण रुपमा सन्चालनमा ल्याउन नेपाली पक्षबाट बारम्बार आग्रह भएको देखिन्छ तर चीनबनट जवाफ मात्र सकारात्मक आउने तर व्यवहार चाही विपरीत देखिदा नेपाल दुःखी हुन स्वभाविक हो । नेपालको राष्टूपति विद्यादेवी भण्ड...









