Tuesday, July 28सत्यम खबर
Shadow

श्रम/रोजगार

बाँकेका संचारकर्मीद्वारा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र  सेवा सुविधा खोसिएकोमा बाँके बर्दियाका पत्रकारहरु मर्कामा

बाँकेका संचारकर्मीद्वारा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र सेवा सुविधा खोसिएकोमा बाँके बर्दियाका पत्रकारहरु मर्कामा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २ श्रावण– बाँके र बर्दियाका सञ्चारकर्मीहरुले नेपाल सरकारले नेपालगन्जबाट दिइआएको नियमित सेवा सुविधाहरुबाट एक वर्षदेखि वञ्चित हुँदै आएको गुनासो गर्दै नेपाल सरकारका सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले विहिबार प्रमुख जिल्ला अधिकारी मार्फत् आफ्ना ६ वूँदे मागहरु सहितको ज्ञापन पत्र बुझाएका हुन् । वरिष्ठ पत्रकार तथा साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका सल्लाहकार पूर्णलाल चुकेद्वारा वाचन गरी प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङलाई उहाँकै कार्य कक्षमा बुझाइएको ज्ञापन पत्रमा गत वर्षसम्म नेपालगन्जबाट सञ्चार केन्द्र मार्फत् स्थानीय पत्रपत्रिका तथा सञ्चारकर्मीहरुलाई उपलब्ध गराउँदै आएको सेवा सुविधाहरु सञ्चार केन्द्रको खारेजी पछि प्रदेश अस्थाई राजधानीका नाममा रुपन्देही जिल्ला हुलाकलाई दिइएकोमा आपत्ती जनाउँदै उक्त जिम्मेवारी बाँके जिल्ला हुलाकलाई दिइनु पर्ने माग गरिएको छ । संघी...
खाना पकाउने ग्यासकाे मूल्य बढ्यो, पेट्रोल र डिजलको एक रूपैयाँ घट्यो

खाना पकाउने ग्यासकाे मूल्य बढ्यो, पेट्रोल र डिजलको एक रूपैयाँ घट्यो

श्रम/रोजगार, समाचार
बाँके माघ २० गते । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्य भने, लिटरमा १ रुपैयाँ घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।...
“युवाहरुको लागि लघुउद्यम तालीम”

“युवाहरुको लागि लघुउद्यम तालीम”

प्रदेश ५, श्रम/रोजगार
बाँके,१६ चैत्र । काम गर्नका लागि कुनै पनि ब्यापार ब्यवसायलाई सानो आँकलन गर्न नहुने एक कार्यक्रममा जोड दिईएको छ । एकसे एक ठुल्ठुला अर्वपति उद्योगीहरु पनि शुरुवातमा सानो पुँजीबाट सानोतिनो ब्यवसाय बाट थालनी गरेर ठुलो धनाढयका रुपमा चर्चित भएको सो कार्यक्रममा बताईएको थियो । सामाजिक बिकास मञ्चले युवाहरुका लागि आयोजना गरिएको लघु उद्यम सीप बिकास सम्बन्धी तालीमको समापनको अवसरमा युवाहरुलाई उत्प्रेरित गर्न बोल्ने सहभागी वक्ताहरुले सो कुरा बताएका हुन । स्थानिय स्तरमै थोरै लगानीमा युवाहरुलाई स्वरोगार बनाउन मञ्चले पाँच दिने तालिम शुक्रबार समापन गरेको छ । समापन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा तथा युवा खेलकुद शाखा बाँकेका प्रमुख मन प्रसाद रेग्मीले युवाहरु देशको कर्णधार भएको हुँदा देश बनाउन आफै जुट्नुपर्ने बताएका थिए । उनले भावि समयमा देशलाई समृद्ध बनाउने अभिभारा युवाहरुको काँधमा रहे...
बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

प्रदेश ५, श्रम/रोजगार
नेपालगञ्ज । स्थानिय स्तरमै स्वरोजगार बनाउने उद्धेश्यले बाँकेका बिभिन्न क्षेत्रका युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको छ । नेपालगञ्जमा सञ्चालित चार दिने तालिममार्फत युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले युवा सशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत गरेको कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्न युवाहरुलाई प्रोत्साहित गर्ने सहभागी कृष्ण ठकुरीले धारणा राखे । तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस तालिमले आफ्नो बानीमा धेरै सुधार आएको बताए । कार्यक्रममा युवा महिला सहभागी नुरजहाँले तालिमले उद्यम गर्न सहज बनाएको बताइन् । उनले उद्यमको शुरुवात गर्नेलाई तालिमले सबै कुरा सिकाएको हुँदा अन्य युवालाई पनि यस्ता कार्यक्रममा सहभागी गराउन अनुरोध गरिन् । नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडाका युवाको सहभागिता रहेको कार्यक्रमलाई समापन गर्दै ए...
“भन्सार छली नियन्त्रण गरौ–भन्सार प्रमुख निरौला”

“भन्सार छली नियन्त्रण गरौ–भन्सार प्रमुख निरौला”

प्रदेश ५, श्रम/रोजगार
बाँके,१२ माघ । अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा शनिबार नेपालगञ्ज भन्सार परिसरमा आयोजित कार्यक्रममा चोरीपैठारी र सामाग्रीको मुल्यांकनका बिषयमा भन्सारका प्रमुख र उद्योगी, व्यवसायीबीच करका बारे छलफल भएको छ । भन्सार प्रमुखले राजश्व छलीलाई बहादुरी सम्झिने प्रबृद्धि बढेको भन्दै घुमाउरो भाषामा व्यवसायीलाई कठ्घरामा उभ्याए भने आयात, निर्यात हुने सामाग्रीको स्वघोषणामा समेत व्यवसायीहरु इमानदार बन्न नसकेको आरोप लगाए । भन्सारका थुप्रै चुनौतीका बिषयमा आफ्नो बिषय राखेका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने,‘हामी कहाँ राजश्व छली गर्न सकियो भने बहादुरी सम्झिने गरिने प्रबृत्ति छ ।’ भन्सारलाई व्यवस्थित गर्न खोज्दा अवरोध सिर्जना गर्न खोजिएको पनि निरौलाले गुनासो गरे । राज्यप्रति जिम्मेवार बन्न उद्योगी, व्यवसायीलाई आग्रह गर्दै निरौलाले चोरीपैठारी नियन्त्रणमा सघाउनुपर्ने बताए । उनी लगत्तै बोलेका बर...