
बाँके,१६ चैत्र । काम गर्नका लागि कुनै पनि ब्यापार ब्यवसायलाई सानो आँकलन गर्न नहुने एक कार्यक्रममा जोड दिईएको छ । एकसे एक ठुल्ठुला अर्वपति उद्योगीहरु पनि शुरुवातमा सानो पुँजीबाट सानोतिनो ब्यवसाय बाट थालनी गरेर ठुलो धनाढयका रुपमा चर्चित भएको सो कार्यक्रममा बताईएको थियो ।
सामाजिक बिकास मञ्चले युवाहरुका लागि आयोजना गरिएको लघु उद्यम सीप बिकास सम्बन्धी तालीमको समापनको अवसरमा युवाहरुलाई उत्प्रेरित गर्न बोल्ने सहभागी वक्ताहरुले सो कुरा बताएका हुन । स्थानिय स्तरमै थोरै लगानीमा युवाहरुलाई स्वरोगार बनाउन मञ्चले पाँच दिने तालिम शुक्रबार समापन गरेको छ ।
समापन समारोहमा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा तथा युवा खेलकुद शाखा बाँकेका प्रमुख मन प्रसाद रेग्मीले युवाहरु देशको कर्णधार भएको हुँदा देश बनाउन आफै जुट्नुपर्ने बताएका थिए ।
उनले भावि समयमा देशलाई समृद्ध बनाउने अभिभारा युवाहरुको काँधमा रहेको हुँदा यही बसेर उद्यम गर्नेले त्यो अवसर पाउनसक्ने बताए । बिउँ नै खाने भए केही प्रगति हुन नसक्ने हुँदा बिउको फल खानका लागि मेहनत र परिश्रम गर्न रेग्मीले युवाहरुलाई अनुरोध समेत गरे । तालीममा सहभागि युवाहरुलाई प्रेरित गर्दै रचनात्मक कार्यमा सक्रिय हुनुपर्नेमा समेत उनले जोड दिए ।
कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष बिष्णु ढकालले जीवनलाई सार्थक बनाउनका लागि पनि आर्थिक कुराको आवश्यकता पर्ने हुँदा अरुकोमा गएर गर्नुभन्दा आफ्नै उद्यम÷व्यवसाय गरे छिट्टै सफलता मिल्ने बताए । बिभिन्न सफल ब्यवसायीहरुको उदाहरण दिँदै अध्यक्ष ढकालले छिटो भन्दा छिटो ब्यवसाय शुरु गर्न युवाहरुलाई अनुरोध गरे ।
यस्तैगरि कार्यक्रममा बोल्दै पौरखी बहुउद्धेश्यीय सहकारी सँस्थाका हरि तिमिल्सेनाले ब्यवसाय शुरु गर्न युवाहरु लाई पुँजीको आवश्यकता परे सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउने जानकारी गराए । सूरुवातमा सामाजिक बिकास मञ्चको सहयोगमा सञ्चालित युवा घुम्तीको मार्फत वार्षिक १० प्रतिशत ब्याजमा ३० हजार सम्म तथा सो रकम तिरे पछि आवस्यक थप रकम उपलब्ध गराउन सकिने तिल्सिेनाको भनाई रहेको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा मञ्चले युवा शशक्तिकरण बुलगारी परियोजना अन्र्तगत घुम्तीकोष सञ्चालनको लागि सहकारीलाई अनुदान दिएको छ भने घुम्तीकोष मार्फत उठेको ब्याजको ५० प्रतिशत रकम सहकारीले बिपन्न परिवारका बालबालिकाहरुको लागि बाल कल्याण कोष मार्फत सहयोग गर्दै आईरहेको सँस्थाका वरिष्ठ सल्लाहकार घनशयाम रिजालले बताए ।
शुक्रवार भएको लघुउद्यम तालीमको समापन कार्यक्रममा मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, सचिव चम्प सिँह थापा (स्याम) सेभ द चिल्ड्रेनकी परियोजना अधिकृत फुलकुमारी चौधरी लगायतले बोलेका थिए भने तालिममा संस्थाका कार्यक्रम सुपरिबेक्षक बृजेश ठाकुर र सहजराम यादवले सहजीकरण गरेका थिए ।
