बाँके माघ २० गते । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्य भने, लिटरमा १ रुपैयाँ घटाएको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।