गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ४९ जनाले गरे रक्तदान
नेपालगन्ज, ७ असार – गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । æजनमत रक्तदान अभियानको ६९ औं श्रृङ्खलाÆमा शनिवार सम्पन्न उक्त कार्यक्रममा ९ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् ।
उक्त त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल-नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खलाÆ मा जनमत रत्तलदान अभियानमा रक्तदा...









