Wednesday, May 14सत्यम खबर
Shadow

श्रम/रोजगार

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

डुडुवामा अनलाईन घरधुरी सर्भेक्षण शुरु

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ३१ बैशाख – डुडुवा गाउँपालिकाले अनलाईन घरधुरी सर्भेक्षण शुरु गरेको छ । अनलाईन सफ्टवेयरको प्रयोग गरी गाउँपालिकामा रहेका सम्पुर्ण घरहरुको विवरण संकलन गर्न थालिएको हो । जिपिएस प्रर्णालीमार्फत पालिकाका ६ वटै वडामा सर्भेक्षक परिचालन गरी सम्पुर्ण विवरण संकलन गर्न लागिएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले पालिकाले सम्पूर्ण घरधुरीको विवरण अनलाईन गरेर स्थानीयका समस्या, तथा अवस्था पहिचान गर्नमा सहज हुने र त्यसैका आधारमा पालिकालाई योजना, कार्यक्रम तथा बजेट बनाउन सजिलो हुने बताउनुभयो । अध्यक्ष चौधरीले हरेक नागरिकको वास्तविकता पहिचान गर्नुका साथै सम्पुर्ण तथ्यांक विवरण अनलाईन प्रर्णालीमा आउने भएपछि जुनसुकै बेला पनि प्रयोग गर्न मिल्ने बताउनुभयो । पालिकाको ६ वटै वडामा १८ जना घरधुरी सर्भेक्षकलाई तालिम दिएर तीन महिनाभित्र सम्पुर्ण विवरण संकलन गर्ने गरि खटाइएको प...
गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

गोधूलि कला साहित्य प्रतिष्ठानको वार्षिकोत्सवमा अभिनन्दन, सम्मान तथा पुरस्कार

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ३० बैशाख – गोधूलि कला साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा यहाँँ साहित्यकारहरुलाई अभिनन्दन, सम्मान तथा पुरस्कार वितरण कार्याक्रमको आयोजना गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिएको प्रतिष्ठानको उन्नाइसौँ वार्षिकोत्सव कार्यक्रममा पुरस्कार, सम्मान तथा अभिनन्दन अर्पण गरिएको हो । वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गमय शिखर अभिनन्दनले अभिनन्दित गरिएको थियो । सुवेदीलाई अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वल्र्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू राष्ट्रिय पत्रिका परिवार लगायत संघसस्थाहरुले सामूहिक रुपमा अभिनन्दन गरेका थिए । त्यसैगरि वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान...
गाैरव स्मृतिद्वारा “ठुलाे मंगलबार” प्रसाद वितरण

गाैरव स्मृतिद्वारा “ठुलाे मंगलबार” प्रसाद वितरण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख - गाैरव स्मृति तथा बी याेर सेल्फ फाउण्डेशनद्वारा आज मंगलबारका दिन बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।   प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाकाे पहिलाे ठुलाे मंगलबारका दिन भक्तजनहरूमा गाैरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम गरिएकाे संरक्षक प्रदीप शाहले बताउनु भयाे । ठूलाे मंगलबारकाे महत्व : हिन्दू धर्ममा ठूलाे मंगलको ठूलो महत्व छ । यस दिन हनुमान जीको पूजा गरिन्छ। बृहत् मंगलको अवसरमा हनुमानजीको पूजा–आराधना गरी गरिबलाई खाना खुवाउँदा पुण्य प्राप्त हुन्छ । ठूलाे मंगल भगवान हनुमानको पूजा गर्नको लागि उत्तम मानिन्छ। बडा मङ्गल हरेक जेठ महिनाको मंगलबार मनाइन्छ ।   जेष्ठ महिना हिन्दू नयाँ वर्षको तेस्रो महिना हो। यस महिनामा कुल ४ प्रमुख मंगल ग्रह रहनेछन्, जसमा हनुमान जीको पूजा गर्नाले धेरै समस्याबाट बच्न सकिन्छ । अशुभ...
बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण

बैजनाथमा लागु औषधबारे सचेतनामुलक अभिमुखीकरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बैजनाथ, ३० बैशाख – बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ र ८ मा बालबालिका तथा अभिभावकका लागि लागु औषध विरुद्धको सचेतनामुलक अभिमुखीकरण सम्पन्न गरिसकेको कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिनुभयो । कार्यक्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मणराज शाही, पत्रकार राकेशकुमार मिश्र, प्रहरी हवल्दार लक्ष्मी शाही, जनस्वास्थ्य निरिक्षक श्यामबीर शाही लगायतले लागु औषधको मानव स्वास्थ्यमा समस्या, कारण, लक्षण, पारेको प्रभाव, उपचार, प्रहरी अनुसन्धान, सहयोग, लागु औषध...
आमालाई रगत दिंदाको सम्झना….

आमालाई रगत दिंदाको सम्झना….

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – बाँकेको नेपालगन्जमा रक्त संचार सेवा केन्द्र नभएको समयको कुरा हो । करीब ५१ वर्ष अगाडीको करो रहेछ । बाँके जिल्लाको नेपालगन्ज बजारको उत्तर दिशातर्फ पर्ने सुर्जीगाउँका निवासी नन्का कुर्मीको छोरा लालजी कुर्मीले बि.सं. २०३१ सालतिरको कुरा आफ्नो आमालाई रगत दिएको समयमा रगत दिंदाका सम्झना । ७० बर्षीय लालजी कुर्मीको अनुभव यस प्रकारको रहेको छ । मेरो आमा नन्का कुर्मीको पेटमा गोला रहेको थियो । त्यो गोला अंग्रेजीको ए आकारका रहेको थियो । गाउँघरमा कसैले के भन्थे कसैले के भन्थे । त्यो गोलाको चुच्चो छातीमा दुखाई गर्न थालेपछि, आमाले भन्ना लाग्नु भयो मेरो पेटमा के भएछ । दुखी रहेको छ । त्सस समय गाउँघरमा कसैको पेट दुख्यो भने पेटमा मालिस गर्ने गर्दथे । त्यो प्रक्रिया पनि गरियो तर केही गर्दा पनि निको भएन । पछि अब के गरौं । हामी आमालाई तत्कालिन भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगेर डाक्टरलाई ...
महिलाहरु आर्थिक र शैक्षिक क्षेत्रमा ससक्त हुन जरुरी रहेकोमा जोड

महिलाहरु आर्थिक र शैक्षिक क्षेत्रमा ससक्त हुन जरुरी रहेकोमा जोड

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, ३० वैशाख – एउटा नेतृत्व सफल हुनको लागि पारीवारीक पृष्ठभुमी, शैक्षिक अनुभव, पारीवारिक सहयोग, सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरु अग्रस्थानमा ल्याउने गरिन्छ । तर लुम्बिनी प्रदेशका सांसद तथा बाँकेको कोहलपुर नगरपालिका बाँकेका पुर्व उपप्रमुख सन्जुकुमारी थारुको फरक अनुभव छ । सन्जु चौधरी विक्रम संवत २०७४ सालमा देश संघिय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा बिजयी हुनु भयो । राजनीतीमा आउनु रहर नभई राजनीतीक परिस्थिती भएको उपमेयर सन्जुको भनाई छ । अहिले उहाँ लुम्बिनी प्रदेशका सांसद हुनुहुन्छ । आज क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा गरेको अन्तत्र्रिmया कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । सण्डे क्लब अन्तर्गत क्रियाशिल पत्रकार महिला बाँकेले गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले जति नै ठुला कुरा गरेपनि जबसम्म छोरीहरुलाई शिक्षा दिइदै...
बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ बैशाख – गोपाल नीना फाउण्डेशनले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित भएका छन् । शनिवार ठाकुरबाबा नगरपालिका वडा नं. ८ चिट्कैयामा सम्पन्न उक्त शिविरमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् । फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट २ सय २५ जना महिला र ६९ जना पुरुषको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण, आवश्यक परामर्श सहित निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी, छाला सम्बन्धि, पाठेघर, स्री रोग, पेट सम्बन्धि रोग लगायत विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएको फाउण्डेसनका कार्यक्रम संयोजक दिलिप गिर...
अष्टम एकीकरण दिवसको अवसरमा महिला र पुरुष गरी १५२ जनाद्वारा रक्तदान

अष्टम एकीकरण दिवसको अवसरमा महिला र पुरुष गरी १५२ जनाद्वारा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ बैशाख – अष्टम एकीकरण दिवसको अवसरमा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड मुख्य कार्यालय शमशेरगञ्ज बाँकेको आयोजनमा बैशाख २७ गते शनिवार महिला पुरुष सहित १ सय ५२ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन् । अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.–८ शमशेरगञ्जको महादेवपुरीमा आयोजित बृहत रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिशचन्द्र के.सी., महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीरबहादुर थापाले सुजलराज गिरीलाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक महेश राना क्षेत्री, संदिप आचार्यलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो । अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प...
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु

डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २८ बैशाख – बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निर्माण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । पाझा गाउँमा शनिबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गर्नुभयो । बाँके जिल्ला कै सबैभन्दा बढी प्रभावित क्षेत्र अन्तर्गत रहेका गाउँका बाढी पिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आकस्मिक भवनले स्थानीयलाई विपद्को वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताउनुभयो । पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर (संरचना) मात्र बन्नेछ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकी...
सेनेटरी प्याड बनाउने तालिम आत्मनिर्भर बन्नका लागि उपयोगी हुनेमा जोड

सेनेटरी प्याड बनाउने तालिम आत्मनिर्भर बन्नका लागि उपयोगी हुनेमा जोड

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ वैशाख – सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न उपयोगी हुने बताइएको छ । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा गरीएको तिन दिने तालिमको आज समापन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नेपालगन्जका विभिन्न स्थानमा बसोबास गर्ने ३१ जना महिलाहरुलाई छनोट गरी सेनेटरी प्याड बनाउने तालिमका बारेमा सिप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम गरीएको बताउनुभयो । उहाँले यस तालिमपछि महिलाहरुले प्याड बनाउन सिकेकाले यो घरायासी प्रयोजन मात्र नभइ ब्यापारीक प्रयोजनका लागि पनि उपयोगी हुने धारणा राख्नुभयो । कार्यक्रमममा तालिममा सहभागी साजिया इद्रिशीले तालिम लिएपछि अब घरमै बसेर सेनेटरी प्याड बनाउन सकिने सीप बिकास भएको बताउनुभयो...