Sunday, May 31सत्यम खबर
Shadow

विदेश

चीनको सम्पत्ति व्यवसाय ठप्प, भारतमा लगानी गर्ने तयारीमा लगानीकर्ता !

चीनको सम्पत्ति व्यवसाय ठप्प, भारतमा लगानी गर्ने तयारीमा लगानीकर्ता !

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ मंसिर – कोरोना महामारीपछि जहाँ एकातिर विश्व आफ्नो पहिलाकै गतिमा फर्किसकेको छ भने अर्कोतिर चीनमा कोरोनाको कारण समस्याहरू दिनप्रतिदिन बढ्दै गइरहेको देखिएको छ। कोरोनापछि पनि चीनको समस्याहरू समाप्त हुने कुनै छाँटकाँट देखिएको छैन। एकपल्ट फेरि चीनमा कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको छ। जसको प्रत्यक्ष प्रभाव चीनको सम्पत्ति बजार ( प्रोपर्टी मार्केट) मा परेको छ। कोरोनाको कारण चीनको प्रोपर्टी मार्केटमा उल्लेखनीय गिरावट देखिएको छ। विश्वव्यापी लगानीकर्ताहरूले अब विस्तारै चीनबाट आफ्नो लगानी फिर्ता लिइरहेका छन्, र भारतको रियल इस्टेट सेक्टमा ठूलो लगानी गर्नका लागि इच्छुक देखिएका छन्। चीनका राष्ट्रपति सी जिनपिङ गत महिना लगातार तेस्रो पटक चीनको सत्तामा आसिन भए तापनि चीनको समस्याको अन्त्य हुने भने देखिँदैन। चीन अझै पनि धेरै समस्याहरूले घेरिएको छ। अहिले चीनका सामु धेरै चुनौतिहरू भए पनि यसको...
चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ मंसिर – भारत-चीन तनावका बीच चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्ने भएका छन् । भारत र अमेरिकाले नोभेम्बर १५ देखि डिसेम्बर २ सम्म एलएसीमा अभ्यास गर्नेछन्। यो अभ्यास उत्तराखण्डको औलीमा हुनेछ । यो क्षेत्र एलएसीबाट मात्र एक सय किलोमिटर दुरीमा छ। अभ्यासमा दुवै देशका करिब ३५०–३५० सैनिक सहभागी हुनेछन् । हिमाल र अति चिसो क्षेत्रमा एकीकृत लडाई समूहको परीक्षण गरिनेछ । यो अभ्यास एक वर्ष भारतमा र एक वर्ष अमेरिकामा गरिन्छ। गत वर्ष यो अभ्यास अमेरिकाको अलास्कामा गरिएको थियो । यसका साथै यस वर्षको अन्त्यसम्ममा भारतले एकैसाथ ३ वटा ठूला अभ्यास गर्ने भएको छ । यी सबै सैन्य अभ्यास नोभेम्बर ८ बाट सुरु हुनेछन्। ११ डिसेम्बरसम्म चल्ने यी सैन्य अभ्यासमा भारतले आफ्नो सैन्य शक्ति देखाउनेछ । भारतले क्वाड देशहरूसँग मालाबार नौसेना अभ्यास र अष्ट्रेलियासँग इन...
चीनमाथि निगरानी राख्नका लागि अमेरिकाले चाल्याे यस्ताे चाल

चीनमाथि निगरानी राख्नका लागि अमेरिकाले चाल्याे यस्ताे चाल

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ मंसिर – कुनै बेलामा एसियामा अमेरिकाको सबभन्दा ठूलो सैन्य अड्डाका रूपमा चिनिएको फिलिपिन्सको सुबिक बेमा अमेरिकी सैनिकहरू ३० वर्षपछि पुनः फर्किन सक्ने क्योदो न्युजले खबर दिएको छ । चीनसँग भिडन्तका लागि विभिन्न गतिविधि गरिरहेको अमेरिकाले फिलिपिन्समा नयाँ सैन्य संरचना बनाउन खोजेको छ । उसले पाँचवटा ठाउँमा अड्डा खोल्नका लागि मनिलासँग कुरा चलाइरहेको छ । सन् २०१४ मा मनिला र वाशिङटनबीच भएको इन्ह्यान्स्ड डिफेन्स कोअपरेसन अग्रीमेन्ट अन्तर्गत सैन्य अड्डा बनाइनेछ । अमेरिकी सेना सुबिक बे छोडेर गएपछि त्यो ठाउँ चल्तीको बन्दरगाह बनेको थियो । सुबिक बे मेट्रोपोलिटन अथोरिटीले त्यसको निगरानी गर्ने गरेको छ । फिलिपिन्सको लुजोन टापुको पश्चिमी किनारमा रहेको यो क्षेत्र दक्षिण चीन सागरमा चीनलाई रोक्नका लागि अमेरिकाले उपयोग गर्न सक्ने फ्रन्टलाइन हो । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस अघिल...
चीनमा व्यापक जनप्रदर्शन रास्ट्रपति सिको राजीनामा माग

चीनमा व्यापक जनप्रदर्शन रास्ट्रपति सिको राजीनामा माग

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ मंसिर – चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनकाे फोटो खिच्न प्रतिबन्ध लगाईएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रर्दशन भएको हो । प्रदर्शनका क्रममा पत्रकार परेका बीबीसीका पत्रकार एड लरेन्सलाई गिरफ्तार गरी कुटपिट गरेको भन्दै बेलायत सरकारले प्रहरीको ज्यादतीप्रति ध्यानाकर्षण गरेको छ । बेलायती विदेशमन्त्री जेम्स क्लिभरलीले ट्वीट गर्दै उनको गिरफ्तारीप्रति चिन्ता ब्यक्त गर्नुभएको हो । यता राजधानी बेइजिङ र साँघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरूले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत ...
चीनमा असुरक्षित भएपछि जापान पुगे अलिबाबाका संस्थापक ज्याक

चीनमा असुरक्षित भएपछि जापान पुगे अलिबाबाका संस्थापक ज्याक

अपराध, आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ मंसिर – अलिबाबाका संस्थापक ज्याक मा चीनमा उनी र उनको कम्पनीमाथि भएको कानूनी आक्रमणयता विगत ६ महिनादेखि जापानमा बस्दै आएको स्रोतहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ ।चिनियाँ धनाढ्य एवं विश्वकै प्रमुख अर्बपतिमध्येका एक ज्याक मा अहिले भने सामान्य तरिकाले जापानमा परिवारसँग बसिरहेका छन् ।फाइनान्सियल टाइम्सका अनुसार आफ्नो परिवारसँग टोकियो र जापानका अन्य भागहरूमा एवं संयुक्त राज्य अमेरिका र इजरायलको भ्रमण गरी उनले पछिल्ला ६ महिना बिताएका छन् । बेलायती अखबारका अनुसार ज्याक मा हाल टोकियोका प्राइभेट सदस्य रहेका क्लबमा आउने जाने गर्छन् भने जापानी आधुनिक कलाकृति संकलन गर्ने गरेका छन् । चीनमा लामो समय सार्वजनिक स्थानबाट हराएपछि ज्याक मा गत वर्ष स्पेनको माल्लोर्का टापुमा देखिएका थिए । पछिल्ला वर्षहरूमा चिनियाँ अधिकारीहरूले देशका ठूला खासगरी इन्टरनेट कम्पनी र तीनका संस...
चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ मंसिर – हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको छ । सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ । यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी हो । जियाङ्सुको लियानयुनगाङ्गमा आयोजित चीन–युरोप रेलवे एक्सप्रेस सहयोग मञ्चको सम्मेलनको क्रममा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ भन्सार कार्यालयले दिइएको जानकारीअनुसार यस वर्षको अक्टोबरको अन्तसम्ममा ८२ वटा चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालनमा आएका र यो वर्षको १० महिनामा युरोपेली देशहरूमा ६२ हजारभन्दा बढी मालवहाक रेलले सामान आपूर्ति गरेका थिए । अहिले नानजिङ र लियानयुङ्गाङसहित जियाङ्सुका पाँच सहरहरूले ...
चीनमा व्यापक प्रदर्शनपछि शून्य कोभिड नीति सहज बनाउने संकेत

चीनमा व्यापक प्रदर्शनपछि शून्य कोभिड नीति सहज बनाउने संकेत

CoVid19, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ मंसिर – तालाबन्दीको अन्त्य र वृहत राजनीतिक स्वतन्त्रताको आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन बढेपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् । चीनको शून्य–कोभिड नीति, सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइनजस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुले राजधानी बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । प्रर्दशनलाई दमन गर्न अधिकारीहरूले आह्वान गरेका छन । उनीहरुले भाइरसप्रतिको रणनीतिलाई सहज र केही खुकुलो पार्ने संकेत पनि गरेका छन् । बुधबार राष्ट्रिय स्वास्थ्य आयोगमा बोल्दै उपप्रधानमन्त्री सुन चुनलानले ओमिक्रोन भेरियन्ट कमजोर हुँदै गएको र खोपको दरमा सुधार भइरहेको टिप्पणी गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । अर्थतन्त्र र दैनिक जीवनमा ...
चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ मंसिर – चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ शताब्दीमा चीनलाई परिवर्तनकारी युगमा डोर्‍याउने पूर्व नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ । उनलाई ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । उनले तियानमेन स्क्वायर दमनपछि सत्ता हातमा लिएका थिए । जियाङले चीनलाई विश्वव्यापी मञ्चमा एक शक्तिशाली मुलुकको दर्जामा उभ्याउन नेतृत्व गरेको जस दिने गरिन्छ ।...
चिनियाँ खुफिया क्यामरा बेलायतमा प्रतिबन्ध

चिनियाँ खुफिया क्यामरा बेलायतमा प्रतिबन्ध

अपराध, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १५ मंसिर – सुरक्षाको सवालमा बेलायतको सरकारी भवनमा जडान गरिने चिनियाँ खुफिया क्यामरा माथि बेलायत सरकारले प्रतिबन्ध लगाएको छ ।बेलायत सरकारले सम्भावित सुरक्षा जोखिमका कारण सरकारी भवनहरूमा चीनमा निर्माण गरिएको निगरानी क्यामेरा (सिसिटिभी) जडान गर्न नमिल्ने त्यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको मातहतका आफना सम्पूर्ण निकायलाई निर्देशन दिइएको हो ।बेलायत क्याबिनेट कार्यालयका एक मन्त्रीले क्यामेरा बदल्नुपर्छ, अपग्रेड हुँदैन । जुलाईमा, ६७ सांसदहरूले दुई आंशिक रूपमा सरकारी स्वामित्वको चिनियाँ कम्पनीहरू – हाइकभिजन र डाहुवा द्वारा निर्माण गरिएका उपकरणहरू जडान गर्नमा प्रतिबन्धको लागि आह्वान गरेका थिए । Radio Miteree...
बिरोध प्रदर्शनको रिपोर्टिङ गर्दा चीनबाट बीबीसी पत्रकार पक्राउ

बिरोध प्रदर्शनको रिपोर्टिङ गर्दा चीनबाट बीबीसी पत्रकार पक्राउ

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १५ मंसिर – चीनको सांघाईमा जीरो कोभिड नीतिको विरोधमा भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेको बीबीसी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसीले आफ्ना पत्रकारलाई यसरी पक्राउ गरेकोमा कडा शब्दमा निन्दा गरेको छ । बीबीसीले पत्रकारलाई चिनियाँ अधिकारीहरूले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरेको छ। पत्रकारलाई सांघाईमा भएको विरोध प्रदर्शनको रिपोर्टिङ गर्दा प्रशासनले पक्राउ गरेको थियो। उनलाई हतकडी लगाएर कुटपिट गरिएको थियो । बीबीसीको अनुसार पत्रकारलाई प्रहरीले केही घण्टासम्म हिरासतमा राखेको थियो र त्यसपछि रिहा गरेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसैबीच चीनका धेरै सहरहरूमा सरकारको शून्य कोभिड नीतिको विरुद्धमा व्यापक विरोध प्रदर्शन जारी छ। यी सबैमा राष्ट्रपति सी चिनफिङलाई पदबाट हटाउन माग भइरहेको छ। Radio Miteree...