गिलगिट-बाल्टिस्टान : पाकिस्तानले चीनसँग अस्पष्ट सम्झौता गर्ने तयारी गरेको छ
काठमाण्डौ, १८ पौष – पछिल्ला केही महिनाहरूमा चीन र पाकिस्तानबीच खनिज अन्वेषण, प्रशोधन र उत्खनन, जलवायु संरक्षण, औद्योगिक उत्पादन, वाणिज्य, सञ्चार, यातायात, कनेक्टिभिटी, खाद्य सुरक्षा, मिडिया, अन्तरिक्ष सहयोग, शहरी विकास, क्षमता निर्माण, र खोप विकासलगायतका सम्झौताहरु भएका छन्।
पाकिस्तानले ५० वर्षका लागि गिलगिट–बाल्टिस्तानलाई हस्तान्तरण गर्न चीनसँगको नयाँ सम्झौताको अस्पष्ट योजना बनाएको छ। कारण हो, देशको संकटग्रस्त आर्थिक अवस्था र अमेरिकासँगको तनाव। तर, सूचना, प्रसारण तथा संसदीय मामिलाका कार्यवाहक संघीय मन्त्री मुर्तजाले अस्वीकार गरेका छन्।
अर्कोतर्फ उत्तरी गिलगिट–बाल्टिस्तान प्रान्त र चीनको गान्सु प्रान्तले डिसेम्बर ९, २०२३ मा हस्तान्तरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। उच्च पहाडी कृषि प्रविधि र मेसिनरी पहाडी क्षेत्रमा पुर्याउने जसले स्थानीय किसानहरूलाई विभिन्न बालीहरूको उत्प...









