Friday, March 13सत्यम खबर
Shadow

प्रदेश २

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
जनकपुरधाम, ३ बैशाख – जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् ।आज नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड र अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भाव को ठाडो उल्लंघन हो बताएका छन् । बिरोध गर्नेहरुमा तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लाल, नेपाली काँग्रेसका नेता र मधेश प्रदेश सभा सदस्य रामसरोज यादव तमलोपाका वरिष्ठ नेता संविधान सभा सदस्य डा. विजय कुमार सिंह, नेकपा(ए.समाजवादी)का नेता संविधान सभा सदस्य शीतल झा, वामपन्थी बुद्धिजीवी रोशन जनकपुरी तथा नेपाली काँग्रेसका नेता जीवनाथ चौधर...
भैरहवा नाका हुदै ७ महिनामा १६६ करोडको सिमेन्ट क्लिन्कर भारत निकासी

भैरहवा नाका हुदै ७ महिनामा १६६ करोडको सिमेन्ट क्लिन्कर भारत निकासी

आर्थिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – रुपन्देहीको बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १ अर्ब ६६ करोड ६९ लाख ७८ हजार रुपैयाको सिमेन्ट तथा क्लिंकर भारत निकासी भएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार यो अवधिमा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँको ३ लाख ५५ हजार १ सय ७४ टन सिमेन्ट तथा ७५ करोड ३७ लाख ३५ हजार रुपैया बराबरको को २ लाख ५० हजार हजार ७ सय ३३ टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको हो ।केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नुपर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि निकासी हुन थालेको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार गत आर्थिक वर्षको तुलनामा सिमेन्ट तथा क्लिंकर निकासी बढी भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षको ६ महिनामै दोब्बर बढी निकासी भएको छ । ‘क्लिंकर निकासी पनि बढेको...
रौतहटको ईशनाथमा कर्फ्युको दायरा थप फराकिलो

रौतहटको ईशनाथमा कर्फ्युको दायरा थप फराकिलो

अपराध, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ फागुन – रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्छृङ्खल गतिविधि हुँदा जिल्ला प्रशासनले कर्फ्यूको दायरा बढाएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रजिअ हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए । कर्फ्यू अवधिमै उच्छृङ्खला गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ । कर्फ्यू जारी भएसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७ सय जनशक्ती परिचालन गरिएको छ । कर्फ्...
‘प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीको भ्रमणले जनकपुरलाई ‘रिचार्ज’ गरेको छ’

‘प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीको भ्रमणले जनकपुरलाई ‘रिचार्ज’ गरेको छ’

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
जनकपुर, ६ माघ – नेपालले भारतसँग आफ्नो सदावहार इतिहासमा विशेष सांस्कृतिक सम्बन्ध राखेको छ र जनकपुरका जनता माघ २२ गते अयोध्याको राममन्दिरमा हुने प्राणप्रतिष्ठाका लागि निकै उत्साहित रहेको नेपाल जनता समाजवादी पार्टीका नेता राम आशिष यादव बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणले यस क्षेत्रलाई ‘रिचार्ज’ गरेको बताए। एएनआईसँग कुरा गर्दै राम आशिष यादवले भने, ‘नेपालको भारतसँग विशेष सम्बन्ध छ। यो पारिवारिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध हो। यो त्रेतायुग जत्तिकै पुरानो हो। त्यसैले अयोध्या र जनकपुरधाम मिथिलाको पुरानो सम्बन्ध छ।' ‘वर्षको प्रतिक्षापछि आगामी माघ २ गते अयोध्याको राममन्दिरको प्राणप्रतिष्ठा हुन लागेको र जनकपुरवासीका लागि योभन्दा खुसीको कुरा हुनै सक्दैन’, उनले भने। उनले प्राणप्रतिष्ठापछि जनकपुर पनि प्रमुख पर्यटकीय हब बन्ने...
नेपाली रेल्वेलाई अयोध्यासम्म सञ्चालन गर्न माग

नेपाली रेल्वेलाई अयोध्यासम्म सञ्चालन गर्न माग

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ पौष – भारत अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठालाई मध्यनजर गर्दै नेपाल रेल्वेलाई जनकपुरधाम–अयोध्या सञ्चालन गर्न माग गरिएको छ । राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर नेपाली जनतमा उत्साहदेखिएको भन्दै सीता जीको जन्मभूमि जनकपुरधामदेखि रामको जन्मभूमि अयोध्या सम्म रेल सञ्चालन गर्नका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र लिएर पुगेका छन् । पत्रमा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपाल रेल्वेलाई अयोध्या सम्म सञ्चलानको लागि भारतसँग अनुरोध गर्ने उल्लेख गरिएको छ । भारत सरकारले नेपालको रेललाई अयोध्या सम्म संचालन गर्न अनुमति नभएको खण्डमा भारतकै रेल्वेलाई जनकपुरधाम सम्म राम मन्दिरको प्राण प्रतिष्ठाको लागि विशेष रुपमा सञ्चालन गर्न पनि महाप्रबन्धक झाले भौतिक पूर्वाधार मन्त्रालय मार्फत भारतीय पक्षसँग आग्रह गरेका...
भारत पठाउने तयारीमा जानकी मन्दिर, २ सय ५१ जना मात्र जाने

भारत पठाउने तयारीमा जानकी मन्दिर, २ सय ५१ जना मात्र जाने

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ पौष – भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार पठाउने तयारी थालिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरो शन दासको नेतृत्वमा भार लगिने तयारी थालिएको छ । विश्व हिन्दू परिषद्का पदाधिकारीसहितको उपस्थितिमा मंगलबार जानकी मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा उत्तराधिकारी महन्त दासले विश्व हिन्दू परिषद्को समन्वयमा पवित्र काम हुन गइरहेकाले शंका गर्नुपर्ने ठाउँ नरहेको बताए । उनले नवनिर्मित राम मन्दिर भगवान श्री रामको मात्र नभइ हाम्रो किशोरीजीको पनि मन्दिर रहेको र नवनिर्मित घरमा जाँदा कुनै पनि किसिमको अनुचित घेराबन्दी वा षड्यन्त्र हुनु अशोभनीय भएको बताए । राम मन्दिरमा उपहारस्वरुप भार लिएर जानकी मन्दिरबाट २ सय ५१ जना जानेछन् भने यसका लागि आधा घण्टाको समय प्रदान गरिएको उनले जानकारी दिए । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित...
भारतमा सांसद काेइरीलाइ पक्राउ गरेर पनि छाडेकाे खुलासा

भारतमा सांसद काेइरीलाइ पक्राउ गरेर पनि छाडेकाे खुलासा

अपराध, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ मंसिर –नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवले ५ पुस पछी बर्तमान सरकार ढल्ने दाबी गरेका छन । सम्बन्ध स्थानिय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट - चिवाभञ्ज्याङ संकल्प यात्रा सकिए पछी प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन । संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाई दिएपछी महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका संसदिय दलका नेता समेत रहेका यादवले ५ पुस पछि सरकार ढल्ने र नया सरकार बन्ने ठोकुवा गरेका हुन् । बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ । ५ गते पत्रकार सम्मेलन गरे पछी यो सरकारको खुट्टाहरु भत्किन्छ,´ उनले भने, सरकार ढल्ने निश्चित रहेकाे छ ।´ उनका अनुसार सरकारले जनताको मनोभावनाअनुसार काम नगरेको हुनाले पनि नया बन्ने सरकार केपी शर्मा ओली कै नेतृत्वमा बन्न...
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ मंसिर – भारत महाराष्ट्रका उपमुख्यमन्त्री तथा पुर्व मुख्यमन्त्री भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले महाराष्ट्र धार्मिक केन्द्र समेत रहेको भन्दै जनकपुरधामको जानकि मन्दिर र काठमाडौको पशुपतिनाथ मन्दिर अवस्थित जनकपुरधाम र काठमाडौलाई आफू जोड्ने प्रयास गर्ने बताए।स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालको अगुवाई र संस्थाका अध्यक्ष अरविन्द मह्तोको पहलमा मुम्बई पुगेको नेपाली पत्रकारहरु संगको भेटघाटमा बिजेपीका पुर्व महाराष्ट्र प्रदेश अध्यक्ष समेत रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्ग मध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र रहेकाले भारतको पहिलो अनन्य मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध बिस्तारका लागि आफु नेपाल छिट्टै पुगेर पहल गर्ने बताए । एसपी खबरका प्रधान सम्पादक पुरन गुप्ताले भारतिय प्रधानमन्त्री तथा युपीका मुख्यमन्त्री पनि पुग...
नेपाल र भारतका मुद्दाहरू जोडिएकाले सावधानी अपनाउनुपर्छ : राजकिशोर यादव

नेपाल र भारतका मुद्दाहरू जोडिएकाले सावधानी अपनाउनुपर्छ : राजकिशोर यादव

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल र भारतका मुद्दाहरू आपसमा जोडिएका भन्दै सम्बन्ध सञ्चालनमा सावधानी अनपाउनुपर्ने बताएका छन् ।सेन्टर फर सोसल इन्क्लुजन एन्ड फ्रेडालिज्म (सेसिफ)ले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा यादवले यस्तो बताएका हुन्। ‘नेपाल र भारतका मुद्दाहरू आपसमा जोडिएका छन्, त्यसैले हामीले सावधानीपूर्वक बाटो हिंड्नुपर्छ’, उनले भने । यादवले कूटनीतिक अवरोधलाई प्रभावकारी ढंगले अघि बढाउन नेपालले पनि भारतको चासोबारे ध्यान दिन जरुरी रहेको बताए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणपछि बिस्तारै आर्थिक लाभ हुने विश्वासको वातावरण बनिरहेको बताए । सीमा समयस्यालगायत केही विषयमा प्रधानमन्त्रीले अनौपच...
पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय

पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।यसका साथै सोही विश्वविद्यालयका लागि दुई पक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलब्ध गराउनसमेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।बैठकमा कोरोना प्रकोपको सतर्कताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सिटौलाले बताए । बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७९ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।फाइल तस्बिर...