
कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : मुख्यमन्त्री राई
बागलुङ, २३ मंसिर – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताउनु भएको हो ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत मंगलवार भर्चुअल माध्यमबाट आयोजित प्रदेश नं. १ को एकाई सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उहाँले सहकारी क्षेत्रले कृषि क्षेत्रको विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।प्रदेश नं. १ को विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेका छौ, मुख्यमन्त्री राईले भन्नुभयो(सहकारी बैंकसंग सहकार्य गरेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा बैंकका सल्लाहकार दिपक प्रकाश बाँस्कोटाले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुप...