Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

कोहलपुरका ई रिक्सा चालक आन्दोलनको तयारीमा

कोहलपुरका ई रिक्सा चालक आन्दोलनको तयारीमा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कोहलपुर, २४ फागुन - कोहलपुर नगरपालिकामा सञ्चालित ई रिक्सा चालकहरुले अटोरिक्सा व्यवस्थापनको माग गरेका छन् । बिहीवार ई रिक्सा मजदुर संगठन र कोहलपुर यातायात सेवा प्रालिले ई रिक्सा व्यवस्थापनको माग गरेका हुन् । एक विज्ञप्ती सार्वजनिक गर्दै उनीहरुले कोहलपुरमा सञ्चालित अटोरिक्सा कार्यविधि अनुसार सञ्चालन नभएको, ट्राफिक प्रहरीको चेकजाँचमा लापरवाही भएको, अटोरिक्सा अव्यवस्थित अवस्थामा रहेकोले यसको व्यवस्थापन गर्न आवश्यक रहेको ई रिक्सा मजदुर संगठन कोहलपुरका अध्यक्ष बिनोद मल्लले बताउनुभयो । दर्ता र लाइसेन्सको लागि कोहलपुर नगरपालिका र ट्राफिक प्रहरीले चासो नदेखाएको हुनाले यसतर्फ पनि ध्यान जान जरुरी रहेको अध्यक्ष मल्लले बताउनुभयो । रातो प्लेटलाई कालो प्लेट आफ्नो मनमर्जिले बनाएको, सबैं प्रक्रिया पुगाउँदा समेत ट्राफिक प्रहरीले जरिवाना बढि लिदा कमाउनु भन्दा गुमाउनु धेरै भएको र एक जिल्ला वा अन्य पालिक...
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २४ फागुन– बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्वन्धी पालिकास्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका प्रमुख नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानून अनुसारको सजायसहित सार्वजनिक रुप मै समाजबाट बाहिष्कार गर्नु पर्ने भन्दै कानून र प्रक्रिया विपरित लोभ लालचमा परेर अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।अध्यक्ष चौधरीले स्थानीयस्तरमा सरकारले सञ्चालन गर्ने विकास निमार्णका योजनालगायतका विभिन्न कार्यक्रमको प्रत्यक्ष अवल...
व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग

व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १९ फागुन – बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् ।एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’ गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो ।लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको सुरुवात गर्दै युवा पुस्ता कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको बताउनुभयो । मन्त्री अहिरले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताउनुभयो । प्रालिका सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका –३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ सुरु गरिने बताउनुभयो । यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताउनुभयो ।जानकी –३ मा मिल खोलेर अर्गानिक चिनी, भ...
भारतमा यूपीआई क्रान्ति : नगदरहित डिजिटलाइज्ड अर्थव्यवस्था

भारतमा यूपीआई क्रान्ति : नगदरहित डिजिटलाइज्ड अर्थव्यवस्था

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ फागुन – भारतले नगदरहित कारोबारलाई बढावा दिँदै यूपीआई विस्तारलाई व्यापक बनाइरहेको छ। तीन राष्ट्र प्रमुखको उपस्थितिमा यूपीआईलाई अघि बढार्ने समझदारी गरेका छन्। भारत, श्रीलंका र मौरिससका नेताहरूले डिजिछल कारोबारको अवलोकन गरेका थिए। यूपीआई भारतमा प्रयोग हुने भुक्तानी गेटवे हो, जसले भारतलाई कायापल्ट गर्दैछ। डिजिटल अर्थतन्त्रमा मुख्यतया नगद अर्थतन्त्रलाई विस्थापन गर्ने एकीकृत भुक्तानी इन्टरफेस नै यूपीआई हो। यो यस्तो भुक्तानी गेटवे हो, जसले कुनै पनि व्यापारीलाई आफ्नो बैंकबाट सिधै भुक्तानी गर्न उपभोक्तालाई अनुमति दिन्छ। भारतमा यूपीआईले एपमार्फत सबै बैंक खाताहरूमा पहुँच दिन्छ। सबै एकै ठाउँमा र मोबाइल फोन नम्बर र आइडीका आधारमा व्यक्तिगत पीन कोड प्रयोग गरेर भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । प्राविधिक भाषामा "युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) एक प्रणाली हो, जसले धेरै बै...
चीनका कारण मुइज्जु नेतृत्वको माल्दिभ्स आर्थिक संकट

चीनका कारण मुइज्जु नेतृत्वको माल्दिभ्स आर्थिक संकट

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १८ फागुन – चीनका कारण राष्ट्रपति मोहम्मद मुइज्जु नेतृत्वको माल्दिभ्समा आर्थिक संकट बढ्दै गएको छ । सत्ता केन्द्रित मुज्जुको आर्थिक र विदेश नीति विचलित अवस्थामा रहेको छ र उनले गलत प्राथमिकताहरूलाई अपनाउँदै गएका छन् । आफ्नो चुनावी अभियानलाई ‘इन्डिया आउट’ आन्दोलनमा अड्काएर पिपुल्स नेसनल कांग्रेस (पीएनसी) मात्र होइन, पार्टीको अग्रपंक्तिमा रहेका मुइज्जुलाई पनि आफ्ना पूर्वका समकक्षीभन्दा बढी समस्यामा पारेको छ । लगातारको भारत विरोधी बयानबाजी र घट्दो रोजगारी दर र आर्थिक उथलपुथलका कारण माल्दिभ्सको राजनीतिक व्यवस्थाले एकपछि अर्को संकटको सामना गरिरहेको छ। स्वदेशी अर्थतन्त्रमा आर्थिक भार परेकाले कुनै पनि नयाँ विकास आयोजनाको थालनी नहुने कुरा राष्ट्रपति आफैंले रेकर्डमा जानुपर्ने अवस्थाबाट पनि यो संकट झल्किएको हो । यसबाहेक, देशको संसदको अधिवेशनको क्रममा हिंसाको तस्बिरहरूले माल्दिभ्सको ...
चीनबाट ठगियो नेपाली स्टिल कम्पनी, पैसा तिराएर यसरी बनायो बिचल्ली

चीनबाट ठगियो नेपाली स्टिल कम्पनी, पैसा तिराएर यसरी बनायो बिचल्ली

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १८ फागुन – नेपाली स्टिल कम्पनी चीनबाट ठगिएको छ । उत्तरी छिमेकी चीनका ब्यापारीले नेपाली स्टिल व्यसायीलाई पैसा तिराएर ठगेका हुन् । चीनबाट ठगिएका नेपाली व्यापारीको बिचल्ली भएको छ । चीनबाट ठगिएर बिचल्लीमा परेको नेपाली कम्पनी हो, आरती स्ट्रिप्स प्राइभेट लिमिटेड । आरतीले चिनियाँ कम्पनी वुटाई स्टिलबाट ७ सय मेट्रिक टनको स्टिल उत्पादन अर्डर गरेको थियो । त्यसको लागि अग्रिम भुक्तानी पनि गरेको थियो । तर, चिनियाँ कम्पनीले आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले पटक–पटक माग गर्दा पनि आपूर्ति गरेको छैन । पैसा तिराएर ठगी गरेपछि आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले वुटाई स्टिलविरुद्ध आर्थिक अनियमितताको उजुरी दर्ता गरेको छ । यसैबीच, वुटाई स्टिलले आफ्नो कम्पनीमा आन्तरिक समस्याका कारण आरती स्टिल प्राइभेट लिमिटेडसँगको सम्झौताको दायित्व पूरा गर्न नसकेको भन्दै बहानाबाजी गरेको छ । यसबारे बेइजिङस...
भैरहवा नाका हुदै ७ महिनामा १६६ करोडको सिमेन्ट क्लिन्कर भारत निकासी

भैरहवा नाका हुदै ७ महिनामा १६६ करोडको सिमेन्ट क्लिन्कर भारत निकासी

आर्थिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – रुपन्देहीको बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १ अर्ब ६६ करोड ६९ लाख ७८ हजार रुपैयाको सिमेन्ट तथा क्लिंकर भारत निकासी भएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार यो अवधिमा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँको ३ लाख ५५ हजार १ सय ७४ टन सिमेन्ट तथा ७५ करोड ३७ लाख ३५ हजार रुपैया बराबरको को २ लाख ५० हजार हजार ७ सय ३३ टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको हो ।केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नुपर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि निकासी हुन थालेको हो । भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार गत आर्थिक वर्षको तुलनामा सिमेन्ट तथा क्लिंकर निकासी बढी भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षको ६ महिनामै दोब्बर बढी निकासी भएको छ । ‘क्लिंकर निकासी पनि बढेको...
हिन्द महासागर सम्मेलन: क्षेत्रमा स्थायित्व र दिगोपनको बारे छलफल

हिन्द महासागर सम्मेलन: क्षेत्रमा स्थायित्व र दिगोपनको बारे छलफल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – रेड सीमा हालैका हुथी विद्रोहीको आक्रमणले हिन्द महासागर क्षेत्रमा स्थिरता र दिगोपनको बारेमा चिन्ता बढाएको छ। अष्ट्रेलियाको पर्थमा भएको सम्मेलनमा विभिन्‍न देशका प्रतिनिधिहरूले यस क्षेत्रमा शान्ति कायम गर्न र जिम्मेवार विकासको महत्त्वमा जोड दिएका थिए। भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा आयोजित वार्षिक हिन्द महासागर सम्मेलनले क्षेत्रीय संवादका लागि उपयोगी मञ्चको रूपमा काम गर्छ। यो वर्षको संस्करण, यसको सातौं वर्षको रूपमा, अष्ट्रेलियाको पर्थमा फेब्रुअरी ९ र १० मा बोलाइएको छ। अष्ट्रेलियाको विदेश मामिला र व्यापार विभाग, र सिंगापुरको एस राजरत्नम स्कूल अफ इन्टरनेशनल स्टडीज, र पर्थ-यू.एस. एसिया सेन्टरले पनि यस प्रयासमा सहयोग गरिरहेको छ। 'स्थिर र दिगो हिन्द महासागर तर्फ' यस संस्करणको विषयवस्तु थियो, २२ भन्दा बढी देशका मन्त्रीस्तरीय प्रतिनिधिमण्डलहरू र थप १६ देशहर...
चीनको स्टक बजारबाट विदेशी पूँजी पलायन

चीनको स्टक बजारबाट विदेशी पूँजी पलायन

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – चीनमा चलिरहेको रियल इस्टेट संकट र ए सेयरको निरन्तर गिरावटले चिनियाँ बजारबाट विदेशी लगानीकर्ताहरूको धमाधम बाहिरिने क्रम बढ्दो रुपमा देखिएको छ। यस प्रवृत्तिले चिनियाँ स्टकहरूको लगातार छ महिनाको शुद्ध बिक्रीको रेकर्ड कायम गरेको छ, जसले विश्वव्यापी लगानीकर्ताहरूबीच चिनियाँ अर्थतन्त्रप्रति बढ्दो चिन्तालाई झल्काउँछ। चिनियाँ कम्युनिष्ट पार्टीले करिब २८१ अर्ब अमेरिकी डलरको स्थिरीकरण कोष स्थापना गर्ने योजनाको समाचारले दुई साताअघि मात्रै चीन र हङकङको सेयर बजारलाई गत साता लगातार पाँच दिनको गिरावटसँगै पुनः तल झरेको देखेको थियो। फेब्रुअरी दोस्रो साता ए शेयरले तीव्र गिरावटको अनुभव गर्‍यो र सांघाई कम्पोजिट सूचकांक मार्च २०२० पछिको नयाँ न्यून बिन्दु ३.७७ प्रतिशतमा झरेको थियो। यो गिरावट शेन्जेन कम्पोनेन्ट इन्डेक्स, चेन्क्स इन्डेक्स, दुबै एकै बिन्दुमा ४.८५ प्रतिशतमा झरेको अन्य सू...
चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन

चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ फागुन – चीनले बंगलादेशलाई आपूर्ति गरेका रक्षा उपकरण गुणस्तरहीन रहेको पाइएको छ । चीनले बंगलादेशलाई आपूर्ति गरेको के–८ डब्लू विमान दुर्घटना हुँदा दुई जना पाइलट मारिएका छन् । उक्त लडाकु विमानले लोड गरिएका रकेट पनि प्रहार गर्न असक्षम रहेको बंगलादेश लाइभ न्युजले जनाएको छ । बंगलादेशले यसबारे चीनलाई जानकारी गराएको भएपनि चिनियाँ पक्षबाट कुनै प्रतिक्रिया आइसकेको छैन । बंगलादेशले आफ्नो हतियार आपूर्तिको तीन चौथाइ चीनबाट ल्याउने गरेको उक्त समाचार संस्थाले जनाएको छ । चीनले बंगलादेशलाई दुई वटा टाइप ०३५ जी मिङ–क्लास पनडुब्बी पनि आपूर्ति गरेको छ । अनुदानमा दिइएका ती पनडुब्बलीको मूल्य १० करोड डलर रहेको जनाइएको छ । त्यसबाहेक चीनले बंगलादेशलाई आपूर्ति गरेका दुई युद्धपोतमा पनि यान्त्रीक खराबी देखिएको जनाइएको छ । यसको मर्मतका लागि चीनले उल्टै थप पैसा माग गरेको बंगलादेशी सञ्चार माध...