Thursday, May 28सत्यम खबर
Shadow

वातावरण संरक्षणका लागि सहकारीमार्फत युवा र महिलाको भूमिका प्रभावकारी बनाऔ : पूर्व मन्त्री बडाल

बागलुङ, २८ कार्तिक – राष्ट्रिय सहकारी बैंक लिमिटेडका सल्लाहकार तथा पूर्वमन्त्री केशव प्रसाद बडालले विश्वमा प्रतिकुल बन्दै गैरहेको वातावरण क्षेत्रलाई अनुकुल बनाउनका लागि युवा र महिलाको भूमिका बढाउनु पर्नेमा जोड दिनुभएको छ ।
नेडाक र राष्ट्रिय सहकारी बैंकद्वारा बिहीवार आयोजित जलवायु परिवर्तन तथा सहकारीमा महिला र युवा विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष समेत रहनु भएका बडालले यस्तो बताउनु भएको हो ।


विग्रदै गएको वातावरणलाई प्रतिकूल बनाउनका लागि सहकारी क्षेत्रले युवा र महिलालाई शसक्त रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिदै उहाँले सहकारीमार्फत जलवायु परिवर्तनका कारण हुन सक्ने जोखिमका बारेमा सचेतना फैलाउनु पर्ने बताउनुभयो ।
संभावना भएका क्षेत्रमा बहुउपयोगी जडिबुटी र फलफूल खेती विस्तार गरी वातावरण संरक्षण र आयआर्जनमा समेत योगदान गर्न सहकारी क्षेत्रलाई उहाँले सुझाव दिनुभयो ।
सहकारीमार्फत रोजगारी सिर्जना गरी कच्चा श्रम निर्यात गर्ने अवस्थाको अन्त्य गरी वस्तु निर्यात गर्ने गरी काम गर्न सहकारी र राज्यबीच सहकार्यका लागि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेडाकका अध्यक्ष सिन्दप नायकले जलवायु परिवर्तनमा सहकारीको पहल विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममाथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले टिप्पणी गर्नु भएको थियो ।


यस्तै सहकारी विभागका रजिष्टूार डा.टोकराज पाण्डेले सहकारीमा महिला सहभागिता ः विद्यमान अवस्था र सुधारका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तराष्टिूय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले टिप्पणी गर्नु भएको थियो ।


कार्यक्रम बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, सञ्चालक तथा लैगिक समानता उपसमिति संयोजक पार्वती थापा मगरको स्वागत र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
गोष्ठीमा सहकारी अभियान, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न जिम्मेवारीमा रहेका सहकारीसंग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो । गोष्ठीका सहभागीहरुले ९ बँुदे प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *