Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

युनेस्कोद्वारा बाँकेका अतिविपन्न ९० परिवारका लागि हैण्डपम्प जडान

युनेस्कोद्वारा बाँकेका अतिविपन्न ९० परिवारका लागि हैण्डपम्प जडान

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १३ मंसिर – खानेपानीको अभावमा लामो समयदेखि चरम समस्या भोगीरहेका बाँके जिल्लाका अति विपन्न ९० परिवारका लागि बाँके युनेस्को क्लबले कतार च्यारेटी नेपालको सहयोगमा ९० वटा खानेपानी धारा जडान गरेको छ । बाँके जिल्लाको पिछिडिएको मानिने नरैनापुर गाउँपालिका वडा नम्बर २ र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ९० अति विपन्न परिवारले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोले उनीहरुको घरमा खानेपानी धारा जडान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले आर्थिक अभावका कारण खानेपानीको धारा राख्न नसकेकाहरुको घरमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा धाराहरु जडान गरिएको बताउनुभयो ।नरैनापुर गाउँपालिका २ मा ४५ घर परिवारका लागि ४५ वटा र नेपालगन्ज २० मा ४५ वटा परिवारका लागि ४५ वटा गरेर ९० वटा हैण्डपम्प जडान गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । ...
बाँकेमा सात वटा सार्वजनिक शौचालय निर्माण गर्दै युनेस्को क्लब

बाँकेमा सात वटा सार्वजनिक शौचालय निर्माण गर्दै युनेस्को क्लब

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १२ मंसिर – बाँके युनेस्को क्लबले जिल्लाका पाँचवटा पालिकाको सात वटा स्थानमा कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा सातवटा सार्वजनिक शौचालय निर्माण गर्न शुरु गरेको छ ।सर्वसाधारणको बढी उपस्थिति हुने र आवागमन हुने ठाउँमा शौचालय नहुँदा समस्या हुने गरेको हुँदा जिल्लाका सात वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न शुरु गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले बाँकेको कोहलपुर नगरपालिकाको कोहलपुर चौराहा र मदन चोकमा, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ कोहला र वडा नम्बर २ मियापुरमा तथा खजुराको कृषि हाटबजारमा, राप्तीसोनारीको शमसेरगन्जस्थित सर्पदन्स अस्पतालको छेउमा र बैजनाथ गाउँपालिकाको गाभरस्थित लायन्स पार्कमा सर्वसाधारणका लागि शौचालय निर्माण गरिने बताउनुभयो ।ती शौचालय निर्माण गर्दा आवश्यकता हेरेर नगरपालिका र गाउँपालिकाले सिफारिस गरेको हुँदा सोही स्...
अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ

अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने लम्बोदर न्यौपाने पक्राउ

आर्थिक, समाचार
काठमाडौं, १० मंसिर – नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ परेका छन् ।तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो ।न्यौपाने रामेछाप मन्थली नगरपालिका–८ का हुन् । उनी काठमाडौं–४ चण्डोल बसोबास गर्दै आएका थिए । फाइल फोटो : लम्बोदर न्यौपाने उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।न्यौपाने विरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ । यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ ।उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठ...
बिल गेट्सलाई उछिन्दै एलन मस्क बने संसारकै दोश्रो धनी

बिल गेट्सलाई उछिन्दै एलन मस्क बने संसारकै दोश्रो धनी

आर्थिक, विदेश, समाचार
न्यूयोर्क (अमेरिका), ९ मंसिर – संसारकै धनाढ्यहरूको सूचीमा एक स्थानमाथि उक्लदै एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएका छन् ।’द गार्डियन’ का अनुसार, मंगलबार बिल गेट्सलाई तल पार्दै मस्कले उक्त स्थान ओगटेका हुन् ।मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै मंगलबार उनले धनाढ्य सूचीमा दोस्रो स्थानमा आफ्नो नाम चढाएका हुन् । मस्कले अघिल्लो हप्तामात्रै फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका थिए । एलन मस्क ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ । अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन् ।त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाँचौ स्थानमा पुगेका छन् । बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर धेरै छ ।मस्कको सफलताको पछाडि टेस्लाको सेयर मूल्यमा आएको उछाल प्रमुख रह्यो । टेस्ला...
संयोजक उपाध्यायद्वारा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रलाई कपडा सहयोग

संयोजक उपाध्यायद्वारा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रलाई कपडा सहयोग

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ९ मंसिर – कोहीलाई समस्या नहोस्, कोही पनि बेवारिसे अवस्थामा बस्न नपरोस् भनी केही उपकारी मनहरुमार्फत नेपालगन्ज उपमहानगरपालिका वडा नं. (१८ कारकाँदो भुजइगाउँमा मंसिर ७ गते बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको थियो । सोही बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रलाई जाजरकोटको जुनिचादेसम गाउँपालिका निवासी तथा स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समिति संयोजक कृष्णप्रसाद उपाध्यायद्वारा जोडो मौसममा बेवारिसे बा–आमाहरुलाई आवश्यक पर्ने केही थान कपडा सेट हस्तान्तरण गरिएको छ ।सहयोग गर्ने क्रममा संयोजक उपाध्यायले “सहयोगी मनहरुले उक्त आश्रमलाई आवश्यक आर्थिक सहयोग वा अन्य सामाग्रीहरु सहयोग गर्न इच्छुक हुनुहुन्छ भने ९८६४९०५१३० भूपेन्द्र बस्नेत, ९८४९३५९२८४ पूजा विश्वकर्मा र स्वयं मलाई ९८६६७६९२६५ मा सम्पर्क गर्न सक्नु हुन्छ” भनी आग्रह गर्नुभयो ।...
अख्तियारमा स्थानीय तहविरुद्ध उजुरीको चाङ, चार महिनामा ३ सय २९ मुद्दा

अख्तियारमा स्थानीय तहविरुद्ध उजुरीको चाङ, चार महिनामा ३ सय २९ मुद्दा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, ९ मंसिर – कोरोना महामारीको नियन्त्रण तथा व्यवस्थापनमा खर्च भएको भन्दै मनोमानी रुपमा बिल भुक्तानी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको मर्चबारी गाउँपालिकामा छानविन सुरू ग¥यो ।भारत तथा तेस्रो मुलुकबाट समेत कोरोना महामारीका कारण घर फर्किएका मानिसलाई राख्नको लागि बनाईका क्वारेन्टिनमा मात्र करिब चार करोड रुपैयाँ खर्च भएको भन्दै गाउँपालिका कार्यालयमा बिल पेश गरिएको थियो । गाउँपालिकाले सबै वडाहरूमा क्वारेन्टिन सञ्चालन गरी त्यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित वडा अध्यक्षलाई नै दिएको थियो । वडा अध्यक्षहरूले नै मनोमानी रुपमा बिलको भुक्तानी लैजान थालेपछि अख्तियार कार्यालयमा उजुरी परेको थियो ।सोही उजुरीका आधारमा कागजात नियन्त्रणमा लिएको अख्तियार कार्यालयले अहिले छानविन गरिरहेको छ ।गत भदौमा रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नं. २ का वडाअध्...
‘कोभिड–१९ का बिरामीको उपचारमा भेरी अस्पतालको भूमिका महत्वपूर्ण’ स्वास्थ्य राज्यमन्त्री रावत

‘कोभिड–१९ का बिरामीको उपचारमा भेरी अस्पतालको भूमिका महत्वपूर्ण’ स्वास्थ्य राज्यमन्त्री रावत

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भेरी अस्पतालको सेवा र भौतिक संरचनाको सोमवार बिहान निरीक्षण गरेका छन् ।गृह जिल्ला सुर्खेतबाट फर्किने क्रममा भेरी अस्पतालको अवस्थाका बारेमा जानकारी लिन पुगेका मन्त्री रावतले पश्चिम नेपालको रेफ्रल अस्पतालको रुपमा रहेको भेरी अस्पतालको झण्डै ९० बर्ष पुरानो संरचना भत्काएर नयाँ निर्माणका लागि योजना बनाउन निर्देशन दिए । उनले कोभिड–१९ का विरामीको उपचारमा भेरी अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै थप सुविधा सम्पन्न बनाउन पहल गर्ने आश्वासन दिए । उनले नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड् दिए । उनले अस्पतालमा उपलब्ध उपकरण र भौतिक संरचनाको सहि सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।सो अवसरमा भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले भेरी अस्पतालले कोभिडका विरामीलाई दिँदै आएको सेवा, भौतिक संरचना, उपकरण लग...
चीन–नेपाल मनैदेखि झन नजिक

चीन–नेपाल मनैदेखि झन नजिक

आर्थिक, राजनीति, समाचार
काठमाण्डौ, ६ मंसिर – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा शुक्रबारदेखि शुरु भएको ‘युन्नान साङ्ग्रिला सांस्कृतिक आदान प्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गर्नुुभयो । उहाँले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । ‘कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीच मनको निकटता झन् झन् बढेको छ’, उहाँले भन्नुभयो ।सो अवसरमा संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच शदियाँै पुरानो सम्बन्ध रहेको र साझा विशेषता रहेको बताउनुभयो । विनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्...
स्थानीय तहलाई ३ सय ९६ अस्पताल बनाउन ५८ अर्ब पठाइने

स्थानीय तहलाई ३ सय ९६ अस्पताल बनाउन ५८ अर्ब पठाइने

आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ मंसिर – स्थानीय तहमा तीन सय ९६ वटा अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ ।५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अर्थ मन्त्रालयले सहमति दिएको हो ।अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भइसकेको बताए । ती अस्पताल दुई वर्षभित्र निर्माण गरिसक्नु पर्छ । यो बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रुपमा जानेछ । अर्थले स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ ।अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि बसेको बैठक...
गरीब, असहाय तथा विपन्न परिवारलाई राहत वितरण

गरीब, असहाय तथा विपन्न परिवारलाई राहत वितरण

आर्थिक, प्रदेश ५, समाचार, समाज
जानकी, ४ मंसिर – जानकी गाउँपालिका वडा नं. १ का गरिब, विपन्न तथा एकल परिवारलाई राहत वितरण गरिएको छ ।गैर सरकारी संस्थाको आर्थिक सहयोग र एकता शिक्षा समाज कल्याण संस्थाको आयोजनामा गरीब, असहाय र विपन्न तथा एकल महिलालाई राहत वितरण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सकिल अहमद राईले जानकारी गराउनुभयो । कोभिड–१९ कोरोना महामारीको बेला कसैलाई भोकै सुत्न नपरोस भन्ने भावनाका साथ जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा वितरण गरिएको राहत सामग्रीमा २ पोका चामल, दुई पोका दाल र २ पोका नुन लगायत खाद्यय सामग्री रहेको अध्यक्ष राईले बताउनुभयो । राहत वितरण कार्यक्रममा जानकी गाउँपालिका वडा नं. १ का कर्मचारी सोहराब खाँ, शिवकुमार शुक्ला, बास उपशाखाका अध्यक्ष मधु सुनार, सदस्य चाँदनी सुनार लगायतको उपस्थिति रहेको अध्यक्ष राईले बताउनुभयो । एकता शिक्षा समाज कल्याण संस्थाका मोहितकुमार मिश्रा, मो. उमर तेल...