Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

३२ महिनापछ‍ि चीनले अन्तर्राष्ट्रिय यात्रुका लागि ‘ट्रान्जिट’ खोल्यो

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ तिर्ने नेपाली यात्रुलाई सहज हुनेकाठमाण्डौ, २५ पौष – लकडाउनका कारण ०७६ चैतदेखि रोकिएको चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतका मुलुक छिर्ने हवाई ‘ट्रान्जिट’ आजदेखि खुला भएको छ । नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको छ । यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ । ‘काठमाडौंबाट छेुन्दु हुँदै चीनका सबै सहर र अरु अन्तर्राष्ट्रिय रुट एयर चाइनाले खुला गरेको छ,’ सहायक प्रवक्ता भुलले भ...
विमानस्थलको कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

विमानस्थलको कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सरकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन् । “म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु”, उनले भने । विमानस्थल निर्माणका लागि कुल लगानी करिब रु २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो । मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए । सो अवसरमा उनले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शङ्करराज पाठक तथ...
बीआरआई हो कि होइन ?

बीआरआई हो कि होइन ?

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको चिनियाँ दाबीले संशय जगाएको छ । विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको बताएका छन् । जबकि नेपाली पक्षले बीआरआईअन्तर्गत कुनै पनि परियोजनामा सम्झौता नभएको दाबी गरेको छ ।उद्घाटनको अघिल्लो दिन काठमाडौंस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै पोखरा विमानस्थल बीआरआईअन्तर्गत रहेको दाबी गरेको थियो । ‘यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो । नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई’ दूतावासले भनेको थियो ।राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा वान बेल्ट– वान रोड (ओविओर) अवधारणा अघि सारेका हुन् । जसलाई पछि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भन्न थालिएको हो ।बीआरआईको दोस्रो अपरेसन शिखर सम्मेलनमा भाग लिन राष्ट्रप...
नेपाली निर्यातमा चीन असहयोगी

नेपाली निर्यातमा चीन असहयोगी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिल्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठुलो व्यापारिक नाका र रसुवागढी केरुङलाई चीनले विभिन्न बाहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक रुपमा खोलेको हो । प्रधानमन्त्री दाहाललाई चीन नजिकको नेताको रुपमा हेरिँदै आएको छ । लामो समयदेखि चीनको बेवास्ताका कारण दुई मुलुकबीचको व्यापारमा नेपालले धेरै असन्तुलन भोग्दै आएको छ । आफुलाई मन लाग्ने सहुलियतसहित ढोका खोल्ने र मन नलागे बन्द गर्ने चिनियाँ प्रवृत्तिका कारण नेपालले व्यापार असन्तुलन भोग्नु परेको हो । केही समयदेखि निकासीको ढोका बन्द रहेको उत्तरी नाका खुला भएसँगै व्यापार असन्तुलन कम हुने व्यावसायीहरुको अपेक्षा छ । आजको कारोबार ...
पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

पोखराले तत्काल तिर्न सक्दैन चीनको महंगो ऋण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थाल्ने संकल्प गरे । प्रधानमन्त्रीले चौथो अन्तर्राष्ट्रिय विमानस्थल बनाइछाड्ने बताइरहँदा गत २ जेठ २०७९मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ । अब राष्ट्रिय गौरवकै आयोजनाका रुपमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ । यो बेला धेरैको मनमा उठेको प्रश्न छ, ‘पोखराको सुविधासम्पन्न नयाँ विमानस्थलको हालत पनि भैरहवाको गौतमुबद्ध विमानस्थलको जस्तै हुन्छ कि ?’ तथ्यमा हेर्ने हो भने भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका केही समानताहरु छन् । यी दुबै विमानस्थल स्थानीय क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरेर बनेका हुन् । तर, यी द...
मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ । पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् । समानुपातिकताको आधारमा विमुद्रीकरण अभ्यासलाई रोक्न नसकिने अदालतकाे ठहर छ । सरकारको उक्त निर्णय आर्थिक नीति भएकोले उल्ट्याउन नसकिने अदालतको आदेशमा उल्लेख छ । निलम्बनविरुद्ध अदालतमा उजुरी परेको थियो । सरकारले नाेटबन्दीकाे सान्दर्भिकता पुष्टि गरे नगरेकाे भने प्रष्ट हुन सकेकाे छैन् । कालोधन र राजस्वछली नियन्त्रण गर्न भन्दै मोदी सरकारले ५०० र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो ।...
भारत–अस्ट्रेलिया ब्यापार सम्झौता

भारत–अस्ट्रेलिया ब्यापार सम्झौता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – भारत–अस्ट्रेलिया बीच आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार देखि औपचारिक रुपमा लागु भएको छ । अष्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारत सँगको व्यापार सम्झौतालाई दुवै देशको अर्थतन्त्रका लागि ठूलो वरदानको रूपमा व्याख्या गरेको हो ।सम्झौता भएपछि एक अर्ब ४० करोड जनसंख्या भएको देशले अस्ट्रेलियालाई निर्यात गरिने सामानमा ८५ प्रतिशत कर हटाउने छ । सम्झौतामा अष्ट्रेलियाली वाइन र बदाम लगायतका उत्पादनमा लगाइएको उच्च कर पनि घटाउने सहमति भएको छ ।प्रिमियम वाइनका लागि बिहीबार १५० प्रतिशतबाट घटाएर ७५ प्रतिशतमा झारिएको थियो र जनवरी १ देखि ७० प्रतिशतमा कटौती गरिनेछ र एक दशकभित्र २५ प्रतिशतमा झार्ने योजना छ ।ताजा अष्ट्रेलियाली रक लबस्टर (भिङ्गा माछा), भेडा र खसीको मासुमा लगाइएको ३० प्रतिशत कर पनि किसानका लागि ठूलो प्रोत्साहनको रूपमा हटाइएको छ । संघीय सरकारका अनुसार यो सम्झौताले...
भारतमा आन्तरिक विद्युतलाई प्रसारण भाडामा छुट, नेपाली निर्यात प्रभावित हुन सक्ने

भारतमा आन्तरिक विद्युतलाई प्रसारण भाडामा छुट, नेपाली निर्यात प्रभावित हुन सक्ने

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष – भारतले आन्तरिक उत्पादनको विद्युतलाई प्रसारण लाइनको भाडा (ह्विलिङ चार्ज) नलिने निर्णय गरेको छ । यसबाट नेपालको विद्युत्ले भारतीय बजारमा प्रतिस्पर्धी मूल्य गुमाउन सक्ने देखिएको छ । भारतको ऊर्जा मन्त्रालयले त्यहाँका नयाँ जलविद्युत् आयोजनालाई अन्तरराज्य (प्रदेश) प्रसारण प्रणालीको भाडा (ह्विलिङ चार्ज) १८ वर्षसम्म नलिने निर्णय गरेको छ । यसबाट त्यहाँका आयोजनाको विद्युत् तुलनात्मक रूपमा सस्तो हुने देखिन्छ । जसबाट भारतीय बजारमा नेपाली बिजुलीले प्रतिस्पर्धी मूल्य गुमाउने सम्भावना भएको जानकारहरूले बताएका छन् । नेपालको विद्युत् भारतमा बिक्री भए पनि भनेजस्तो मूल्य नपाउने सम्भावना रहेको उनीहरूले बताएका छन् । भारतको नयाँ नीतिले नेपाललाई तत्काल प्रभाव नपार्ने नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । तर, दीर्घकालीन रूपमा भने असर पर्न सक्ने उनले औँल्या...
चीनद्वारा बीआरआई परियोजनाको व्यर्थ दाबी

चीनद्वारा बीआरआई परियोजनाको व्यर्थ दाबी

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आउने भएपछि चिनियाँ राजदूतावासका प्रवक्ताले शनिबारै ट्विटरमा लेखे, ‘यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो। नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई !’  चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले आइतबार उद्घाटन समारोहमा सम्बोधन गर्दै भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनले नेपालसँगै बेल्ट एन्ड रोडलाई संयुक्त निर्माणका लागि उज्ज्वल व्यापार कार्ड बनेको हो।’ चीनले यसरी हतार–हतार यो परियोजनालाई बीआरआईअन्तर्गतको भनेर अनावश्यक दाबी गरिरहेको विज्ञ बताउँछन्। तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी पनि यो बीआरआईअन्तर्गत नभएको स्पष्ट पार्छन्। उनीहरूका अनुसार उक्त विमानस्थल विशुद्ध चिनियाँ ऋण लगानीमा बनेको हो।  बीआरआई सम्झौतामा नेपालले हस्ताक्षर गरे पनि...
सार्वजनिक ऋण २० खर्ब नाघ्यो

सार्वजनिक ऋण २० खर्ब नाघ्यो

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ पौष – चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको बाह्य ऋण १० खर्ब ५० अर्ब छ भने आन्तरिक ऋण ९ खर्ब ५७ खर्ब बराबर छ । यो आँकाडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण २४ अर्ब ३८ करोडले बढेको छ भने आन्तरिक ऋण २९ अर्ब ८३ करोडले घटेको छ । गत असार मसान्तको तुलनामा असोजसम्ममा सार्वजनिक ऋण ०.२७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा कुल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब थियो । चालू आवको पहिलो तीन महिनामा सरकारले २४ अर्ब ७० करोड बाह्य ऋण उठाएको छ । यो अवधिमा आन्तरिक ऋण भने उठाएको छैन् । पहिलो त्रैमासमा पाँच अर्ब ८४ करोड बराबर बाह्य ऋण तिरेको छ । विदेशी मुद्रमा लिएको ऋण विनिमयदरमा भएको वृद्धिका कारण पाँच अर्ब ५२ करोड ...