
डुडुवा, २२ असोज – बाँके डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो अस्वस्थ हुनु भएको छ । विहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गर्दा निमोनिया देखिएकाले उहाँ अस्पतालमा भर्ना हुनु भएको छ ।
हिजो विहीबारदेखि नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगन्जमा उहाँलाई भर्ना गरि निमोनियाको उपचार शुरु गरिएको छ । स्वास्थ्यमा आज सामान्य सुधार भएको उपाध्यक्ष बानोले बताउनु भएको छ ।
चाड पर्वका बेला विरामी पर्नु भएकी उपाध्यक्ष बानो सम्पुर्ण नेपालीहरुमा बडा दशैको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

