Friday, March 14सत्यम खबर
Shadow

जानकी गा.पा.लाई बालविवाह मुक्त घोषणा गर्ने तयारी

जानकी, २८ भाद्र – जानकी गाउँपालिका बाँके जिल्ला मै पहिलो बालविवाह मुक्त स्थानीय तह घोषणा हुने भएको छ ।
यही भाद्र २९ गते गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिका स्तरीय बालअधिकार समितिका संयोजक भूमिसरा धितालले जानकारी दिनुभयो ।
बालविवाह मुक्त गाउँपालिका घोषणा कार्यक्रमको लागि गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा पालिका स्तरीय बालअधिकार समितिका संयोजक धितालको संयोजकत्वमा २१ सदस्यीय बालविवाह मुक्त पालिका घोषणा समिति गठन गरिएको छ । समितिमा सरोकारवाला संघ संस्था र व्यक्तिहरु सदस्य छन् ।


जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, गाउँपालिकाको वडा नं. १, २, ३,४ र ५ बालविवाह मुक्त घोषणा भइसकेका छन् भने आज वडा नं. ६ पनि बालविवाह मुक्त वडा घोषणा हुँदैछ । जिल्लामा बालविवाह मुक्त घोेषणाका लागि सहजीकरण गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *