Friday, March 14सत्यम खबर
Shadow

नेपाल भारत मैत्री साइकल यात्रीहरुलाई भारतमा भव्य स्वागत

नेपालगन्ज, २७ भाद्र -नेपाल भारत मैत्री साइकल यात्रीहरुलाई भारतका विभिन्न शहरमा भव्य स्वागत गरिएको छ । छिमेकी भारतसंग विद्यमान मैत्री सम्बन्ध अझ प्रगाढ बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारत गएका नेपाली साइकल यात्रीहरुलाई स्वागत गरी सौहाद्र्धता प्रकट गरिएको हो ।

नेपालगन्ज साइकल क्लबका अध्यक्ष तथा वरिष्ठ खेलाडी गगन थापाको नेतृत्वमा नेपालगन्जबाट शुक्रवार गएको टोली रुपइडिहा, नानपारा, बहराइज, बाराबंकी हुँदै उत्तर प्रदेशको राजधानी लखनऊ पुगेको थियो । भ्रमण टोलीमा अध्यक्ष थापा लगायत क्लबका सदस्य कविराम बुढाथोकी र श्रेय अग्रवाल सहभागी थिए ।

नेपाली साइकल यात्रीहरुको भ्रमणको समाचार भारतका विभिन्न सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिएको अध्यक्ष थापाले जानकारी दिए । भ्रमणको
क्रममा बहराइच जिल्ला सदरमुकाम बहराइच शहरमा टिकोनिया बाग पुलिस चौकीको सामुन्ने भारतीय पत्रकार, समाजसेवी र स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए ।

सो अवसरमा वरिष्ठ पत्रकार अजय शर्मा, मिडिया हाउस न्यूज नेटवर्कका कुँवर दिवाकर सिंह, एस.सी. मिश्रा, राहुल सिंह लगायतले फुलमाला र गम्छा सहित स्वागत गरेका थिए । नेपाल भारत संयुक्त पत्रकार मञ्च नेपाल समूहका संयोजक पूर्णलाल चुकेले भारतीय पत्रकारहरुसंग समन्वय गरेका थिए ।

त्यसैगरि शनिवार लखनऊमा प्रिन्ट एण्ड इलेक्ट्रानिक एशोसियसनका राष्ट्रिय अध्यक्ष गिरिश चन्द्र कुशवाहले स्वागत गरेका थिए । अध्यक्ष कुशवाहले साइकल यात्रीहरुलाई प्रशंसा पत्र पनि प्रदान गरे । टोली आइतवार साँझ नेपाल फर्केका छन् । नेपाल फर्कने क्रममा नेपाल भारत सिमाना जमुनाहा नाकामा स्थानीय खेलाडीहरुद्वारा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुल परिषद्का सदस्य सुमित्रा चौधरी, क्लबका सदस्य विजयन्द्र जिसी, नेपाल भारत मैत्री संघ बाँकेका अध्यक्ष प्रदीप कुमार गुप्ता लगायत उपस्थिित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *