Friday, March 14सत्यम खबर
Shadow

अढाई वर्षिय बच्चा मृत्युको जिम्मेवारी कसले लिने ?

नेपालगन्ज, १० भाद्र – केही दिन अगाडी राती १० बजेको समयमा मोटरसाईकलको दुर्घटनामा परी मृत्यु हुन पुगेकी अढाई वर्षिय अनावीयाको जिम्मेवारी कसले लिने प्रश्न उत्पन्न भएको छ । एक पक्षले अर्को पक्षलाई दोषारोपण गर्ने कार्य हाल भईरहेको पाईन्छ । कसैले सिसिटिभि क्याम्राको दोष देखाउँछ भने कसैले त्यहाँ डियुटीमा रहेका प्रहरीको लापरवाही भएको बताउँछन् ।
अनावीयालाई बेलुका पर्नै हुन्थेन । उनी मामा सित मिठाई खान सधैं त्रिभुवन चोक निस्किनथिन् । गएको सोमवार पनि उनी मिठाइ खान मामासँगै निस्किन् । मामा भान्जीले मिठाइ खाए । यसैपनि त्रिभुवन चोक अवेर रातीसम्म सुत्दैन् । साढे दस बजेतिर मिठाइ खाएर पसलबाट सडकमा निस्किए ।


एउटा तीब्र गतिको मोटरसाइकल हुइकिएर आयो । हिड्दै गरेकी अनावीयालाई ठक्कर दियो । अढाइ बर्षीया अनावीया कहिल्यै नउठ्ने गरी लडिन् । मामा ताज मोहम्मद कराए, चिच्चाए । वरपरका स्थानीय आए । प्रहरी आयो ।
तर ठक्कर दिएर भागेको मोटरसाइकल अहिले पनि पक्राउ पर्न सकेको छैन । मोटरसाइकल पक्राउ पर्ने त परैको कुरा कुन मोटरसाइकलले ठक्कर दियो भन्नेबारे समेत प्रहरीले पहिचान गर्न सकेको छैन् । जसका कारण घटना भएको चार दिन पुग्दा समेत प्रहरीले दोषीलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन सकेको छैन् ।


मिठाइ खान सधै भान्जीलाई लिएर बाबालस्सी पुग्ने मामा घटनापछि शोकमा छन् । बाबुआमा र दाइका आँखा ओभाएका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिका–११ निवासी इमरान राइकी छोरीलाई सदरलाइनस्थित बाबा लस्सी अगाडीको सडकमा मोटरसाइकलले ठक्कर दिएको थियो ।
त्यही नजिकै सिसिटिभी क्यामरा लगाइएको छ । तर सिसिटिभी क्यामरा विग्रीएको छ । जसका कारण दोषीलाई पहिचान गर्न समस्या छ । अनावीया घरभित्र बाहिर गएको दृष्य इमरानको आँखा वरीपरि घुमिरहन्छ ।
उनीहरु छोरी सम्झेर रोइरहेका छन् । अहिलेसम्म दोषी पक्राउ पर्न सकेका छैनन् ।
नजिकै प्रहरीको अस्थायी विट पनि छ । त्रिभुवन चोक नगर अस्थायी प्रहरी पोष्टमा असइ प्रेमबहादुर शाहीको कमाण्डमा ५ जनाको टोली परिचालन छ ।


स्थानीयका अनुसार उनको धन्दा चिया पसलमा जाने, गफ चुट्ने र क्यारिङवालासँग पैसा असुल्ने बाहेक अरु छैन् । एक जना प्रहरी भन्दै थिए उनी त्यो ठाउँमा बस्न लायक छैनन् । यहाँसम्म कि महिला प्रहरी छोराछोरी लियर ड्युटी गर्ने गरेका छ्न । उनीहरुलाई अरुको भन्दा आफ्ना छोराछोरीको चिन्ता छ ।
घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्का बताउँछन् । उनी भन्छन्–‘घटना भएकैदिन देखि म निरन्तर खटिरहेको छु, प्रहरी अनुसन्धानमै छ ।’
नगरको शान्ति सुरक्षा कायम गर्न तत्कालिन उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले ठाउँठाउँमा सिसिक्यामरा जडान गरेको थियो । नगरका ५३ ठाउँमा सिसिक्यामेरा जडान भएका छन् । तर अधिकांश विग्रिएका छन् । कतै नेपालगन्ज उपमहानगरपालिकाले सडक विस्तार गर्नेक्रममा तार चुडाइदिएको छ । मर्मत कस्ले गर्ने हो ? कसैले जिम्मेवारी लिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *