Friday, April 17सत्यम खबर
Shadow

जानकी वडा नं. १ बाल विवाह मुक्ता गर्ने तयारी

नेपालगन्ज, ३२ श्रावण – बाँके जानकी गाउँपालिका वडा नम्बर १ बालबिबाह मुक्त घोषणा गर्ने लागेको छ । मंगलबार हामी सबैको एकबद्धता बालबिबाह विरुद्धको साझा प्रतिबद्धता भन्ने मुल नाराका साथ १ नं वडालाई यही भदौ गते १ का दिन बालबिबाह मुक्त वडा घोषणा लागेको हो ।


जानकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मो रजा राईले वडामा आफ्नो कार्यकालदेखि बालबिबाह मुक्त वडा घोषणा गर्नेका विभिन्न क्रियाकलाप गरेको र अहिले पूरा भएको राईले बताउनुभयो ।
अब घोषणा गर्ने बाँकी छ उनले भने अरु कामहरु पूरा भइसकेको छन् । गाउँपालिकामा विभिन्न समयमा बाल विवाह रोकथाम परियोजना मार्फत विभिन्न कामहरु गर्दै जांदा राम्रो परिणाम आएको उनको भनाई थियो ।


यस्तै मंगलवार भदौ १ गते बिहान ८ बजेबाट कार्यक्रम शुरु हुने छ । सो कार्यक्रम सम्पन्न गर्नका लागि मुल समिति समेत निर्माण गरेको छ । यस्तै कार्यक्रममा किशोरी क्लब, बाल क्लब, संघसंस्था सरोकारवालाहरु समेत उपस्थिति रहनेछ । जानकी १ बालक्लबको अध्यक्ष रबि गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *