Tuesday, April 28सत्यम खबर
Shadow

यादवको अध्यक्षतामा वडा कमिटी गठन !

महेश चौधरी
बाँके/असार २७- नेकपा एमाले डुडुवा गाउँपालिकाले वडा नं ३ को बनकट्टीमा आइतवार भेला आयोजना गरि वडा कमिटी गठन गरेको छ ।

नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले बुधई यादवको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

करिब १ सय ५० जनाको उपस्थिति रहेको भेलाले उपाध्यक्ष मोहम्मद हुसेन खाँ, सचिव खुशीराम बर्मा, सह-सचिव उसमान खाँ र कोषाध्यक्ष नन्का गोडियालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा शिलादेवि गुप्ता, सियाराम गडरिया, नन्कौ पासी, मजीद खाँ, रंगीलाल यादव, चन्द्रविर यादव, नसरुद्दीन खाँ, सन्तोष तिवारी, भवन गडरिया, छविलाल खटिक, जोखन नाउँ, लक्ष्मी यादव र लगायत रहेका छन् ।

भेलामा गाउँपालिकामा रहेको विद्यमान समस्या समाधानका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल भएको थियो । भेलामा जिल्ला सदस्य मोहम्मद सगीर खाँ, कैयुम खाँ लगायत पालिका कमिटीका पदाधिकारीको सहभागिता रहेको थियो भने कार्यक्रम शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *