नेपालगन्ज, ३१ चैत – एकता शिक्षा समाज कल्याण संस्थाद्वारा नव वर्ष २०७८ काे पावन अवसरमा आफ्ना शुभेच्छुकहरूका लागि शुभकामना आदान- प्रदान कार्यक्रमकाे आयाेजना गरिने भएकाे छ ।
नव वर्षकाे पुर्व सन्ध्यमा भाेली बुधबार आयाेजना हुन गईरहेकाे कार्यक्रमकाे सम्पुर्ण तयारी पूरा भएकाे जानकारी गराउँदै संस्थाका सल्लाहकार उमेशनाथ मिश्राले प्रमुख अतिथिकाे रूपमा जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल तथा विशिष्ठ अतिथिमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ता केशव प्रसाद चालिसेलाई आमन्त्रण गरिएकाे जानकारी गराउनु भयाे ।
सल्लाहकार मिश्राका अनुसार कार्यक्रममा नेकपा एमालेका प्रदेश केन्द्रीय सदस्य पदमबहादुर धिताल, साेहराब खाँलगायतकाे आतिथ्यता रहनुका साथै गाउँघरमा सरसफाई बारे चेतना हाेस भनी संस्थाद्वारा बृहत् सरसफाई गरि स्वास्थ सचेतना बारे सन्देश प्रवाह गरिने बताउनु भयाे ।
हाल विश्व काेभिड-१९ काे मारमा रहेकाे अवस्थालाई मध्यनजर गरि संस्थाद्वारा काेभिड-१९ राेकथामका लागि मास्क, सेनिटाईजर वितरण गरिनुका साथै बृहत् भण्डारा कार्यक्रमकाे आयाेजना गरिएकाे संस्थाका अध्यक्ष सकिल अहमद राईले बताउनुभयाे ।
नव वर्ष २०७८ साललाई भब्य बनाउन बृहत् साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिनुका साथै आमन्त्रित अतिथिहरूलाई कदर र सम्मान समेत गरिने संस्थाका अध्यक्ष राईले बताउनुभयाे ।