Tuesday, April 14सत्यम खबर
Shadow

महामुर्ख सम्मेलनकाे तयारीमा नन्दलाल वैश्य

नेपालगन्ज, १३ चैत – यही चैत १६ गते साेमबार दिन प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गाेपाल वैश्य स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले महामुर्ख सम्मेलनकाे आयाेजना गर्ने तयारीमा जुटेकाे देखिन्छन् । नेपालगन्जमा महामुर्ख सम्मेलनकाे ईतिहास धेरै नै पुरानाे छ ।

दशकाैदेखि स्व. राम गाेपाल वैश्य र समाजसेवी माेहनलाल वैश्य याे सम्मेलनकाे आयाेजना गर्दै आएकाे थिए । तर ३ वर्ष अघि उहाँ दुबैजनाकाे देहावासन भएपछि याे कार्यक्रम आयाेजना हुन सकेकाे थिएन ।

यश वर्ष साे महामुर्ख सम्मेलन भब्यताले आयाेजित गर्न प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी विजयलाल वैश्य सक्रियताले जुटेका छन् । साेमबार दिन ११ बजे नेपालगन्ज उधाेग वाणिज्य संघ अगाडि नगरका चर्चित व्यक्तिहरू भेला हुने छन् । त्यसपछि महामुर्ख सम्मेलनकाे जुलुस यहाँबाट निस्कने छ ।

यसवर्ष हाेली पर्वकाे अध्यक्षता प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्य स्वयं अध्यक्षता गरि रहेका छन् । यसकारण महामुर्ख सम्मेलनका अध्यक्ष वैश्यकाे लागि विशेष पाेशाक तयार पारिएकाे छ । जुलुसमा नन्दलाल वैश्य साे विशेष प्रकारकाे पाेशाक पहिरी टाउकाेमा रंगीबिरंगी अग्लाे टाेपी र तरकारी लगायतकाे माला लगाएर जुलुसमा निस्कने बताईएकाे छ ।

उनकाे अगाडि भांगडा, बाजागाजा रहने छ भने ई रिक्सामा पछाडी ठूलाे व्यानर रहनेछ । याे व्यानरमा स्व. राम गाेपाल वैश्य र स्व. माेहनलाल वैश्यकाे फाेटाे लगाईने छ ।

महामुर्ख सम्मेेलनकाे उपलब्धि बारे प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले भने महामुर्ख सम्मेलनकाे आयाेजना यश नगरकाे संस्कृति हाे, दशकाैंदेखि यश सम्मेलनकाे आयाेजना स्व. राम गाेपाल वैश्य र माेहनलाल वैश्यजीले गर्दै आउनु भएकाे थियाे । याे कार्यक्रम अहिले लाेप हुने अवस्थामा छ । यसकारण याे परम्परालाई जाेगाउन हामी अगाडि बढेका छाैं ।

चैत १५ गते दिन रंगारंग कार्यक्रमकाे आयाेजना यसै कार्यक्रममा सम्मलित थियाे तर काेभिड-१९ काे संक्रमणकाे खतरादेखि यसलाई जिल्ला प्रशासन कार्यालय बाँकेकाे अपीलमा रद्द गरेका छाैं । उनले यश महामुर्ख सम्मेलनमा सहभागी भई दिन अपील गर्दै नगरबासीहरूमा हार्दिक शुभकामना तथा बधाई प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *