Tuesday, March 31सत्यम खबर
Shadow

पालिका स्तरीय १३ औं राष्ट्रपति रनिङशिल्डमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रथम

नेपालगन्ज, ११ चैत्र – जानकी गाउँपालिकाद्वारा सञ्चालित १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउ“–५ जानकी प्रथम स्थानमा हासिल गर्न सफल भएको छ ।
गाउँपालिका अन्तर्गत सम्पन्न भएको १०० दौड प्रथम, कुर्सी दौडमा दोस्रो, रिले दौडमा प्रथम, ५०० मिटर दौडमा तेस्रो, २०० मिटर दौड दोस्रो स्थान प्राप्त गरी गाउँपालिका अन्तर्गत प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्ध्या शर्माले बताउनुभयो ।


पालिका स्तरीय सम्पन्न १३ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ४० बढी विद्यालयहरुले सहभागिता जनाएका थिए । अन्य विद्यालयलाई पछाडी पारी प्रथम स्थान हासिल गर्न सफल भएकोमा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्ध्या शर्माले विद्यार्थीहरुको मेहनत र लगतशिलताले प्रथम आउन सफल भएकोमा खुशी व्यक्त गर्नु भयो ।


प्रधानाध्यापक शर्माले प्रा.बि.तहमा प्रथम स्थान र नि. मा. बि. तहतर्फ द्वितीय स्थान हासिल गरी विद्यार्थीहरुको विद्यालयको नामलाई गाउँपालिकामा चिनाउन सफल हुनु भएकोमा उहाँहरु लगायत सहभागिता सम्पूर्ण विद्यार्थीहरुलाई बधाई र शुभकामना दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *