Monday, April 27सत्यम खबर
Shadow

एक गाँस कम खाएर पनि समाजका बालबालिकाहरुलाई उच्च शिक्षा दिलाउनुपर्ने कुरामा जोड

नेपलागन्ज, ७ चैत – साहु समाजलाई माथि उठाउन साहु समाजले गरेको योगदान सराहनीय भएको बताउँदै शिक्षामा एक गाँस कम खाएर पनि समाजका बालबालिकाहरुलाई शिक्षित बनाई सबै तह र तप्कामा सहभागिता गराउनु पर्ने बताईएको छ ।
शनिबार नेपालगन्जमा आयोजित साहु समाज समिति जिल्ला कार्यसमिति, बाँके नेपालगन्जको साधारण सभा तथा अधिवेशन कार्यक्रमको अवसरमा उक्त भनाई वक्ताहरुले राखेका छन् ।


साहु समाजद्वारा निर्माण गरिएको राधा कृष्ण मन्दिर तथा उक्त मन्दिरमा स्थापना गरिएको मुर्तीहरु बहुमूल्य भएको भनाई राख्दै प्रमुख अतिथि तथा समाजसेवी माधवराम बर्माले साहु समाजद्वारा निर्माण गर्न लागिएको धर्मशालालाई समाजका अग्रजहरुले खुलेर सहयोग गर्न अनुरोध गरेका छन् ।


कार्यक्रममा साहु समाजको सिफारिस आएको अवस्थामा आफू संलग्न शिक्षा क्षेत्रबाट ५० प्रतिशत छुटका साथ उच्च शिक्षाको व्यवस्था गराईने प्रतिबद्धता विशिष्ट अतिथि तथा जसपा बाँके उपाध्यक्ष राजन रानामगरले गर्नु भएको थियो ।
त्यसैगरी, धर्मशाला निर्माणका लागि साहु समाजलाई वडा कार्यालय मार्फत आउने बजेटमा आर्थिक सहयोग गरी समाजद्वारा गरिएको विकास कार्यमा हातेमालो गर्न सदैव तम्तयार भएको विशिष्ट अतिथी तथा ५ नं. वडाका वडाअध्यक्ष कैफुलबरा जोलाहले प्रतिबद्धता गर्नु भएको थियो ।


नेपालगन्ज उपमहानगरपालिकामार्फत वेरोजगार युवाहरुको लागि बिना धितो उपलब्ध गराईने ऋणको लागि साहु समाजद्वारा पठाईएको युवाहरुको नामावली अनुसार ऋण उपलब्ध गराईन समाजका गरिब, पिछडिएका युवाहरुलाई स्वरोजगार बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य कौशल धोबीले जनाएका थिए ।


साहु समाज समितिको १० औं साधारण सभा तथा अधिवेशनमामा नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ का सभापति रमेशकुमार गुप्ता, नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य कौशल धोबी, शिक्षक दिलीप शाह, हरि नारायण साहु, प्रेमलाल साहुलगायत साहु समाजको विकासका लागि आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न अतिथिहरुलाई मायाको चिनो समाजद्वारा प्रदान गरिएको थियो ।

साहु समाज समितिको साधारण सभा तथा अधिवेशनबाट आजै नयाँ कार्य समिति चयन गरिने तयारी भईरहेको बताईएको छ । १० औं साधारण सभा तथा अधिवेशन साहु समाज समिति बाँकेका अध्यक्ष हंसराम साहुको सभापतित्वमा सम्पन्न गरिएको थियो भने कार्यक्रमको सञ्चालन प्रदीप साहुले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *